झापा — झापाको कचनकवल गाउँपालिका–७ मा मंगलबार राति घरायसी विवादका कारण ससुराले बुहारीमाथि चुलेसी प्रहार गरेका छन्। पारिवारिक विवाद २०७९ सालदेखि चलिरहेको जनाइएको छ।
इलाका प्रहरी कार्यालय बनियानीका अनुसार २०८२ बैशाख २३ गते राति करिब ८:१५ बजे प्रेमकुमार सदेम्बा (लिम्बु) की ५२ वर्षीया श्रीमती सलानी
उनका ससुरा, अन्दाजी ७८ वर्षीय प्रेमबहादुर सदेम्बाले तरकारी काट्ने चुलेसी प्रहार गरेका हुन्। प्रहारबाट सलानीको टाउकोमा चोट लागेको छ।
घाइतेलाई प्रारम्भमा भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पताल लगिएको थियो भने थप उपचारका लागि राति १०:५० बजे बिर्तामोडस्थित बिएण्डसी अस्पताल रेफर गरिएको छ। उनको अवस्था मध्यम रहेको बताइएको छ।
प्रहरीका अनुसार घटनापछि फरार रहेका प्रेमबहादुर सदेम्बा राति ११ बजे आफ्नै घरमा हार्पिक सेवन गरेर अचेत अवस्थामा फेला परेका थिए। उनलाई तत्काल बनियानी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गराई थप उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ।



















