पथरिया। सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सेवा केन्द्र पथरियाले आज वित्तीय साक्षरता, विस्तारित मञ्च र तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ। सहकारी सदस्य तथा समुदायलाई वित्तीय सचेतना र सांस्कृतिक ऐक्यबद्धतासँग जोड्ने उद्देश्यले गरिएको सो कार्यक्रममा करिब १२० जना सहभागी भएका थिए।

समूह नं. १३२ की सदस्य दुर्गा गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराई प्रमुख अतिथिका रूपमा उपस्थित रहे साथै गाउँपालिका योजना अधिकृत केशव मैनाली, इन्जिनियर डिल्ली गौतम लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन सेवा केन्द्र प्रमुख मोतिखर सन्जेलले गरेका थिए भने स्वागत मन्तव्य सेवा केन्द्रका कर्मचारी केशव प्रसाद निरौलाले प्रस्तुत गरेका थिए। सहकारीको समग्र विवरण सेवा केन्द्र प्रमुख सन्जेलले प्रस्तुत गरेका थिए।

अतिथिहरूले सहकारीले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच र सदस्यहरूको आर्थिक सशक्तीकरणमा पु¥याएको योगदानको प्रशंसा गर्दै निरन्तर सक्रियताका लागि शुभकामना व्यक्त गरे।
औपचारिक सत्रपछि तीज मिलन कार्यक्रम नाचगान र सांस्कृतिक प्रस्तुतीसहित उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो।