कचनकवलमा हात्ती आतंक, गाउँनै उठिबास लाग्ने जोखिम

कचनकवल। दक्षिणी झापाको कचनकवल गाउँपालिकामा जंगली हात्तीले गाउँनै उठिबास लगाउने सम्भावना बढेको छ।

चारकोसे झाडीबाट दैनिक हुलका हुल हात्तीले गाउँमा प्रवेश गरी घर लगायत अन्नबाली नष्ट गर्न थलेपछि गाउँनै उठिबास लाग्ने जोखिम बढेको हो। चिसो बढीरहेको बेला घरनै भत्काएपछि स्थानीय रातभर चिसोमा कठ्याङ्रीएर रात काट्न बाध्य छन्।

EPIC EPIC EPIC EPIC EPIC

जंगली हात्तीले कचनकवलमा फेरी भत्कायो एउटा घर

झापाको कचनकवल गाउँपालिकामा जंगली हात्तीले एउटा घर तथा अन्नपातमा क्षति पुर्‍याएको छ।

शनिबार बिहान करिब ४ बजेको समयमा कचनकवल ३ दुर्गाभिट्टा बन क्षेत्रबाट आएको एउटा जंगली हात्तीले बढो केचना स्थित स्थानीय झप्टु राजवंशीको घर तथा अन्नपात क्षति गरेको हो।

हात्तीले राजवंशीको टिनको छनो भएको भुइँ तले घर, दुई बोरा चामल, चामल भित्र राखिएको ४० हजार नगद गरी करिब एक लाख बराबरको क्षति गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *