कचनकवलमा १ सय ४० केजी अवैध माछा बरामद गरी नष्ट

कचनकवल। इलाका प्रहरी कार्यालय बनियानीका प्रहरी सहायक निरिक्षक दिवस कुमार कार्कीको नेतृत्वमा गएको प्रहरी गस्ती टोलीले बिहान ९:३० बजे उक्त माछा बरामद गरी माछालाई सोमबार सरोकारवाला निकायको रोहबरमा नष्ट गरिएको छ।

EPIC

इलाका प्रहरी कार्यालय बनियानीका प्रमुख दिवस कुमार कार्कीले नष्ट गरिएको माछा भारतबाट अबैध रुपमा लुकाई छिपाई नेपाल भित्र्याउँदै गरिएको बताए। उनले भने ‘भारतबाट अवैध रुपमा भित्रिएको हो।’ 

EPIC EPIC EPIC

झोलामा हाली पम्प्लेट र पङ्गास प्रजातिका माछा बनियानी बजारतर्फ लैजान लागिएको बताए । बरामद माछा खान नमिल्ने अवस्थामा समेत रहेको उनले बताए। ‘भौतिक रुपमा हेर्दा माछामा गन्ध आएको छ, उनले भने ‘अबैध र गन्ध आएपछि वेवारिसे माछा नष्ट गरेका हौँ।’नष्ट गरेको माछालाई स्थानीय बजार मूल्य अनुसार तीस हजार बढी रुपैयाँसम्म पर्ने उनले बताए। 

स्मरणीय कचनकवल गाउँपालिकाले गत कार्तिक १ गतेबाट सूचना जारी गर्दै माछा ब्यवसायीलाई प्रतिबन्धित भारतीय माछाको बिक्रीवितरणमा रोक लगाएको भएपनि मुख्य बजारमा बिक्रीवितरण खुला छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *