कचनकवल। कचनकवलको एक मुस्लिम बस्तीमा आगलागी भएको छ। कचनकवल गाउँपालिका ३स्थित एक मुस्लिम बस्तीमा रहेको स्थानीय मनिम मियाँको घरमा आगलागी भएको हो।
शुक्रवार बिहान लागेको आगोबाट घर, मोटरसाइकल तथा अन्नपात र कागजपत्रसहित नगद जलेर नष्ट भए पनि कुनै मानवीय क्षति नभएको वडा नम्बर ३ का वडाध्यक्ष ग्यास अजमल मियाँले पालिका सन्देशलाई बताए। आगो प्रहरी, स्थानिय र भद्रपुर नगरपालिकाको दमकलको सहायतामा नियत्रणमा आएको पथरीया प्रहरीले जनाएको छ।

आगलागीको कारण भने खुलेको छैन।