Search
Close this search box.
Search
Close this search box.

कटारी–घुर्मी खण्डमा पहिरोले ट्रक बगायो, हाम फालेर चालक र सहचालक बाँचे

सिद्धिचरण लोकमार्गको कटारी–घुर्मी सडक खण्डमा बिहीबार बिहान पहिरोमा परी एउटा मालवाहक ट्रक २५ मिटर तल पुगेको छ। मानवीय क्षति भने भएको छैन।

खोटाङदेखि उतिसको काठ लिएर कटारीतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ०१२६ नं.को ट्रक कटारी नगरपालिका १४ को लामिडाँडा भन्ने ठाउँमा पहिरोमा परी दुर्घटनामा परेको हो। बिहान २ः०० बजेजस्तो समयमा ट्रक पहिरोले पुरिएको सडकछेउमा धस्किएर फसेको थियो। सडक ब्याक गर्न खोज्दा नसकेपछि चालक र सहचालक हाम फालेर बाँचेकाले मानवीय क्षति हुन नपाएको हो।

EPIC EPIC EPIC

‘राति अँध्यारोमा चालकले राम्ररी बाटो ठम्याउन नसक्दा ट्रक सडक छेउतर्फ पहिरोले पुरेको दलदलमा फस्न पुगेछ, निकाल्न खोज्दा झन् फस्ने देखिएपछि चालक र सहचालक निस्केर बाँचेछन्’ घटनास्थल आसपास रहेका लोकमार्गका मजदुर कुमार प्याकुरेलले भने ‘उनीहरु निस्केको केहीबेरमै ट्रक चिप्लेर तल पुगेको छ।’ ट्रक चालक र सहचालक सकुशल रहेको र ट्रक निकाल्न क्रेनको खोजीमा लागेको प्याकुरेलले बताए।

इलाका प्रहरी कार्यालय कटारी प्रमुख डिएसपी सुवास राईले पहिरो गएको ठाउँमा चिप्लेर ट्रक सडकमुनि खसेको घटना पुष्टि गरे। चालक संखुवासभाका २५ वर्षीय ललित विक र नाम नखुलेका सहचालक सकुशल रहेको डिएसपी राईले बताए। घट्नाबारे जानकारी भएलगत्तै स्थानीय बेतिनी र घुर्मी चौकीबाट सुरक्षाकर्मी घटनास्थल खटाएर ट्रक निकाल्ने उपायको खोजी भइरहेको उनले बताए।

सिराहाको मिर्चयादेखि उदपुरको कटारी–घुर्मी हुँदै खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु जोड्ने यो लोक मार्ग बजेट अभावमा वर्षौँदेखि स्तरोन्नति हुन सकेको छैन। तत्कालीन शाही नेपाली सेनाले निर्माण गरेको कालोपत्रेसहितको लोक मार्ग ०५८ सालदेखि सञ्चालनमा आएको हो। मिर्चयादेखि घुर्मीसम्म ४७ किलोमिटरमध्ये बेतिनी भन्ज्याङसम्मको खण्ड मारुती सिमेन्ट उद्योगको चुनढुङ्गा बोक्ने अत्याधिक भारवहनका ट्रक र टिपर दिनरात सयौँ संख्यामा चल्न थालेपछि सञ्चालनमा आएको वर्ष दिनमै ध्वस्त भएको थियो। 

सिराहाको चोहरवामा रहेको मारुती सिमेन्टका लागि सिन्धुलीको ककुरठाकुरस्थित खानीबाट चुनढुङ्गा बोक्ने सयौँ टिपर चल्दा लोक मार्ग धुले सडकमा परिणत भएको हो। पछिल्लो केही वर्षयता उदयपुरको कटारी ८ सिरिसे र आसपासमा रहेको कसमस र सौर्य सिमेन्टको २ वटा खानीबाट पनि चुनढुङ्गा ओसार्न धेरै भारवहनका ट्रक र टिपर प्रयोग हुँदा सडक थप बिग्रेकाे छ।  

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *