कमल थापा फेरि बने राप्रपा नेपालको अध्यक्ष

पालिका सन्देश- कमल थापा राप्रपा नेपालको अध्यक्ष भएका छन्।

धनकुटाका नेता लाक्पा तामाङको नेतृत्वमा रहेको राप्रपा नेपालको अध्यक्षको जिम्मेवारी कमल थापाले लिएका छन् ।

EPIC EPIC EPIC

आइतबार लामाले अध्यक्ष पदबाट राजीनामा दिएपछि थापा राप्रपा नेपालको अध्यक्ष भएका हुन्।

६१ सदस्यीय केन्द्रीय समिति गठन भएको राप्रपा नेपाल निर्वाचन आयोगलाई यसबारे जानकारी गराउने निर्णय समेत गरेको छ।

तीन वटा राप्रपा एक भएपछि राप्रपा नेपाल नामको पार्टी तामाङले आयोगमा दर्ता गराएका थिए।

यो पार्टीको विधान अनुसार १५१ जनाको केन्द्रीय समिति बन्नुपर्ने प्रावधान छ। अहिलेका लागि ६१ सदस्यीय समिति बनेको तामाङले बताए।
केहि दिन अघि हेटौंडा पुगेर राजेन्द्र लिङ्देनको नेतृत्वमा रहेको पार्टीमा नरहने घोषणा गरेका थापाले फागुन ७ गते पार्टीको घोषणा सभा गर्ने उल्लेख गरेका छन्।

राजेन्द्र लिङ्देन नेतृत्वमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट छुट्टिएर थापाले ‘राष्ट्रिय एकता पार्टी’ गठनको तयारी गरेपनि उनी ६३ को एकीकरण पुर्वको पार्टीमा गएका हुन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Bishnu Prasad Lamichane

Leave a Reply

Your email address will not be published. Required fields are marked *