कमल १ मा `एक घर, एक स्वास्थ्य बिमा´ सुरु

झापा। झापाको कमल गाउँपालिका – १ ले `एक घर, एक स्वास्थ्य बिमा´ कार्यक्रम संचालनमा ल्याएको छ ।

वडाअध्यक्ष केदार कटुवालका अनुसार यसै आर्थिक वर्षमा वडाको सिलिङ बजेटबाट सो कार्यक्रम सञ्चालन गरिएको हो।

EPIC EPIC EPIC EPIC EPIC

नेपाल सरकारले संचालन गरेको स्वास्थ्य बिमा वापत लाग्ने रकम मध्ये वडाले १५ सय रुपैयाँ बेहोर्ने वडाअध्यक्ष कटुवालले बताए ।

वडामा करिव १४ सय घर छन्। गरिब र विपन्न नागरिकलाई निशुल्क स्वास्थ्य बिमा गरिने वार्ड अध्यक्ष कटुवालले जानकारी दिए ।
वडाका नागरिकको स्वास्थ्य सेवामा पँहुच पुगाउन र सबैले सजिलै उपचार गर्न पाउन भन्ने उद्देश्य राखि विपन्न तथा गरिब परिवारको निशुल्क स्वास्थ्य विमा गराइने उनले जनाए ।


दोस्रो कार्यकालका लागिलवडा अध्यक्ष निर्वाचित भइ एक वर्षमा शिक्षा ,स्वास्थ्य, कृषि , सडक समस्या समाधानमा बितेको अध्यक्षले जानकारी दिए । `यो आर्थिक वर्षमा स्वास्थ्य विमालाई अगाडि सारेका छौं ,अझ अवका दिनमा अन्य कामलाई तीव्रता दिइने गरी अगाडि बढ्ने छौ ।´ उनले भने ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *