कर्णाली बचत तथा ऋण सहकारी संस्थाद्वारा दिवंगत सदस्यको कर्जा मिनाहा

कचनकवल । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बनियानी सेवा केन्द्रले आफ्नी शेयर सदस्य, स्वर्गीय शुभद्रा राजवंशीको कर्जा मिनाहा गर्ने निर्णय गरेको छ।

संस्थाका अनुसार, राजवंशीले २०७९ साल माघ २४ गते संस्थाबाट चार लाख नब्बे हजार रुपैयाँ कर्जा लिएकी थिइन्। तर दुर्भाग्यवश, क्यान्सर रोगका कारण उनको असामयिक निधन भएपछि संस्थाले तीन लाख त्रिसठी हजार बयासी रुपैयाँ (३,६३,०८२) बाँकी कर्जा तथा सो अवधिसम्मको ब्याज पूर्ण रूपमा मिनाहा गर्ने निर्णय गरेको जनाएको छ।

EPIC EPIC EPIC EPIC EPIC

संस्थाले दिवंगत राजवंशीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, निजको नाममा रहेको कारोबार नामसारी गरी आवश्यक प्रक्रिया अघि बढाउन परिवारजनलाई अनुरोध समेत गरेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *