कर्णाली सरकारले पायो पूर्णता

screenshot 2023 04 20 204804

कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ। प्रदेश सरकारमा नवनियुक्त नेपाली कांग्रेसका तीन मन्त्रीले बिहीबार शपथ लिएपछि प्रदेश सरकारले पूर्णता पाएको हो।

मन्त्रीहरू वेदराज सिंह, खड्गबहादुर पोखरेल र कृष्णकुमार बिसीलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ गराए। नवनियुक्त मन्त्रीमध्ये सिंहलाई आर्थिक मामिला तथा योजना, पोखरेललाई सामाजिक विकास मन्त्रालय र बिसीलाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ।

EPIC EPIC EPIC EPIC EPIC

यसअघि भौतिक पूर्वाधार राज्यमन्त्री रहेकी उर्मिला विश्वकर्माले पनि ऊर्जामन्त्रीका रूपमा आज शपथ लिएकी छन्। कर्णाली प्रदेशमा मन्त्रालयको संख्या आठ बनाइएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयलाई टुक्रयाएर ऊर्जा छुट्टै बनाएको थियो। यसअघि एमाले-माओवादीको गठबन्धनमा ऊर्जालाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा गाभिएको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *