Search
Close this search box.
Search
Close this search box.

कर्मचारी मिलन केन्द्र भोजपुरको अध्यक्षमा बुद्धराम आले निर्वाचित

भोजपुर । कर्मचारी मिलन केन्द्रको अध्यक्षमा कोष तथा लेखा नियन्त्रण कार्यालय भोजपुरका प्रमुख बुद्धराम मल्ल आले चयन हुनु भएको छ । केन्द्रको आज भएको ३५ औँ साधारण सभा तथा विशेष अधिवेशन मार्फत अध्यक्ष आले सहित १३ जनाको कार्य समिति चयन भएको हो । समितिमा मनोज कुमार पण्डित उपाध्यक्ष, प्रकाश खड्का सचिव, नरेन्द्र चौहान सह सचिव, सञ्जय कुमार रम्तेल कोषाध्यक्ष सहित ८ सदस्य कार्य समिति चयन भएको हो । सदस्यहरूमा नवीन भट्टराई, अर्जुन कोइराला, राजीव कुमार ठाकुर, कौशिला विष्ट, राजु कुमार श्रेष्ठ, सागर गिरि, सन्तोष कुमार शाह र रमेश ढकाल चयन भएको समितिका सचिव प्रकाश खड्काले जानकारी दिनुभयो ।
विगतमा समितिले वातावरण दिवसको अवसरमा विद्यालयमा वृक्षारोपण, निजामती सेवा दिवसको अवसरमा सरकारी कार्यालयहरू सरसफाइ, संविधान दिवसको अवसरमा जिल्ला अस्पतालका बिरामीहरूलाई फलफूल वितरण, महान चाड पर्वको अवसरमा रक्तदान, एसइई २०७९ को उत्कृष्ट नतिजा प्राप्त गर्ने दलित छात्रा जुना अछामीलाई नगद सहित सम्मान लगायत जिल्लामा सरुवा भएर आउने र जिल्ला बाहिर जाने कर्मचारीहरूलाई स्वागत तथा बिदाइ गर्दै आएको समितिका सचिव प्रकाश खड्काले जानकारी दिनुभयो ।
त्यस्तै समितिले आव २०८०/०८१ मा गरेको आम्दानी १ लाख ६३ हजार मध्ये बैक मौज्दात ७१ हजार सहित १ लाख ६३ हजार ४ सय ५४ रुपैया बराबरको बार्षीक आय व्याय समितिका कोषाध्यक्ष सञ्जय कुमार रम्तेलले प्रस्तुत गर्नुभएको थियो ।
समितिका संरक्षक तथा प्रमुख जिल्ला अधिकारी नर बहादुर थापाले नव गठित कार्य समितिलाई बधाई दिँदै आगामी दिनमा समितिले जिल्लामा रहेका कर्मचारी तथा स्थानीय जनताको हित हुने कार्य गर्न सबैलाई प्रोत्साहित गर्नुभयो ।
त्यस्तै आजनै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुर सरुवा भई आउनुभएका डा. सर्विन्द्र प्रसाद यादवलाई स्वागत र जिल्लाबाट सरुवा भई जाने जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख डिएसपी सुदिपराज पाठक, र तथ्याङ्क कार्यालय भोजपुरका प्रमुख सन्तोष कोइरालालाई बिदाइ गरीएकोछ ।
प्रमुख जिल्ला अधिकारी तथा समितिका संरक्षक नर बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका सुरक्षा निकायका प्रमुखहरू र जिल्ला स्थित सम्पुणर् सरकारी कार्यालयका प्रमुखहरूको उपस्थिति रहेको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
2
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *