कर्मचारी र एम्बुलेन्स सेवा नभएको भन्दै स्थानीय आन्दोलित

shantinagar health post

(विष्णु प्रसाद लामिछाने । बुद्धशान्ति) कुनै समय जिल्लाकै नमुना स्वास्थ्य चौकीको परिचय बोकेको शान्तिनगर स्वास्थ्य चौकी यतिबेला सामान्य सुविधा समेत उपलब्ध नहुँदा सुनसान बन्न थालेको छ।

पालिकाले वेवास्ता गर्दा उक्त स्वास्थ्य चौकीमा सेवाग्राहीले सामान्य सेवा समेत लिन नपाएको भन्दै स्थानीयले खबरदारी शुरु गरेका छन् । बुद्धशान्ति गाउँपालिका वडा नम्बर ५ स्थित शान्तिनगर स्वास्थ्य चौकीमा गुणस्तरीय सेवा नभएको भन्दै उनिहरु आन्दोलित भएका हुन् ।

EPIC EPIC EPIC

विगत एक बर्षयता शान्तिनगर स्वास्थ चौकीमा दरबन्दी अनुरुप स्वास्थ्यकर्मी नभएको भन्दै स्थानीयले बिरोध गरेका हुन् ।
राजनीतिक दल, संघ सस्थाका प्रतिनिधि, र स्थानीयले तत्काल दरबन्दी अनुरुपका कर्मचारी खटाउन र एम्बुलेन्स सेवा सुचारु गर्न दबाब दिन संघर्ष समिति समेत गठन गरेका छन् ।


स्थानीय बिकल भट्टराईको संयोजकत्वमा बनेको संघर्ष समितिले स्वास्थ चौकीको समस्या बारे खबरदारी गर्ने जनाएको छ। समितिले स्वास्थ्य चौकीमा संचालन भएको एम्बुलेन्स सेवा बन्द भएकोमा समेत चिन्ता ब्यक्त गरेको छ। समितीले बुधबार बुद्धशान्ति गाउँपालिका अध्यक्षलाई तत्काल समस्याको समाधान गर्न ज्ञापन पत्र समेत बुझाएको छ।

५ दिनभित्र समस्या समाधान नभए आन्दोलनका कार्यक्रम अगाडि सार्ने चेतावनी साथ समितिले ज्ञापन पत्र बुझाएको हो।

शान्तिनगर स्वास्थ्य चौकीमा १० जना कर्मचारीको दरबन्दी भएपनि अहिले ५ जना स्वास्थकर्मीले काम चलाइरहेका छन् ।
छैठौं तहको १ जना र पाचौं तहको २ जना कर्मचारी हुनुपर्नेमा अहिले ति पद रिक्त छन् भने बर्थिङ सेन्टरमा समेत कर्मचारीको अभाव छ।

त्यस्तै एम्बुलेन्स पुरानो भएको भन्दै सो क्षेत्रको एकमात्र एम्बुलेन्स सेवा समेत ठप्प छ।नयाँ एम्बुलेन्स खरिद गर्ने रकम हुँदा पनि गाउँपालिका उदासिन बनेको स्थानीयको आरोप छ।

शान्तिनगर स्वास्थ्य चौकीमा गतिलो स्वास्थ्य सेवा नहुँदा स्थानीय मारमा परेको र आन्दोलन गर्नुपर्ने बाध्यता बनेको संघर्ष समितिका संयोजक बिकल भट्टराईले बताए ।

उनले भने, ” हामीले अनौपचारिक रुपमा धेरै पटक वडा र गाउँपालिकाका प्रतिनिधिलाई जानकारी गरायौं, उहाँहरु यसबारे जानकार पनि हुनुहुन्छ तर कसैले चासो देखाउन भएन र हामी आन्दोलनमै उत्रनुपर्ने स्थिति सिर्जना भयो”।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *