मंगलबार भदौ २८, २०७९
बालबालिका देशका कर्णधार
यिनीहरु नै हुन् देशका आधार।।
आजका साना कोपिला भोली फूल भै फुल्नेछन्
धेरै पढी ज्ञानी भई देश बिदेश डुल्नेछन् ।।
आज मेहेनत गरेर भोली शिखर चढ्नेछन्
ज्ञान सीप सिकेर सधै अघि बढ्ने छन् ।।
बालक काल माटो हो जे चाह्यो त्यै बन्छ
सानै देखि मिहिनेत गरे जिवन खुसी बन्नेछ।।
।। यस कविताका लेखक शिक्षक हुनुहुन्छ।।



















