भुवन तामाङ / कोरोना भाइरस संक्रमणको दोस्रो लहरले नेपालमा पनि धेरै संक्रमण र मृत्युदर बढाएको छ । त्यसैले नेपाल सरकार खोपबारे बढी सचेत भएको छ । राष्ट्रपति समेतले भारत, चीन, अमेरीकाका समकक्षीसँग सम्पर्क बढाई नेपाललाई खोप सहायता गर्न अनुरोध गरिएको समाचार सार्वजनिक भएका छन् । यो निकै खुशीको कुरा हो । तर थोरै जनसंख्या भएता पनि नेपाललाई पर्याप्त खोप उपलब्ध हुन निकै समय लाग्ने देखिन्छ ।
बुद्धशान्तिमा पनि र्यापिड रेस्पोन्स टिमले सुटुक्कै खोप लगाएका भन्दै सामाजिक सञ्जालमा दोहोरी चलेको पाइयो । उता दाङको तुलसीपुर र धनगढीमा पनि लक्षित उमेर समूहभन्दा पहुँचवालालाई खोप लगाइएको भन्दै विवाद उत्पन्न भएको छ । छानविन गरिनुपर्ने कुरा उठेका छन् । केही हप्ता अघि बिराटनगरको यस्तै घटना सार्वजनिक भएको थियो ।
खोपको पैसा अग्रिम तिरिसक्दा पनि खोप निर्माता भारतको सीरम इन्स्टिच्यूटले खोप दिएको छैन । झन् निःशुल्क सहयोगका खोप कहिले आउने हुन् केही निश्चित छैन । तापनि, नेपालमा ७ मार्च २०२१ मा विश्व स्वास्थ्य संगठन र युनिसेफका तर्फबाट तीनलाख ४८ हजार कोभ्याक्स (गरिब देशहरुका लागि व्यवस्था गरिएको भ्याक्सिन) प्राप्त भयो । २९ मार्च २०२१ मा चीनबाट भेरोसिल नामक भ्याक्सिन आठलाख डोज नेपाल आइपुगेका थिए । यी खोपहरु संघीय
सांसद, मन्त्रीगण, उच्चपदस्त कर्मचारी, अग्रपङ्तीमा काम गर्नेहरु र ज्येष्ठ नागरिकहरुलाई लगाइएका छन् तर ती पर्याप्त भने पक्कै थिएनन् । खोपहरु पित्को समान अर्थात निकै थोरै सावित भएका छन् । अरु कति खोप नेपाल भित्रियो रु ठीक ठीक विवरण पाइदैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेवसाईटमा यसबारे केही भेटिदैन ।
अहिलेसम्म बनेका कोराना भाइरस बिरुद्धका खोपहरु :
कोविसिल्ड :यो खोप बेलायतको अक्स्फोर्ड एस्ट्राजेनेकाले बनाएको हो र भारतको पुणे स्थित सीरम इन्स्टीच्यूटले यसको उत्पादन गरिरहेको छ । यो खोप कोरोना भाइरस बिरुद्ध ७० प्रतिशत प्रभावकारी देखिएको छ । यो खोप कोरोनाको यूके बि।१।१।७ अल्फा भेरिएन्ट र साउथ अफ्रिकी बि।१।३५१ बिटा भेरिएन्टका
बिरुद्ध असरदार छ । ब्राजिलियन पि।१ गामा भेरिएन्टका बिरुद्ध चाहिँ कम प्रभावकारी देखिएको छ ।
कोभ्याक्सिन : यस खोपलाई भारतको बायोटेकले बनाइरहेको छ । यो खोप ७८ प्रतिशत असरदार छ । अल्फा समेत गरि अन्य भेरिएन्टका लागि असरदार देखिएको छ ।
स्मूतनिक बिः यो खोप ९१ प्रतिशत प्रभावी छ । रुसले बनाएको यो खोपको माग धेरै नै हुने गरेको छ । जर्मनी लगायत युरोपीय देशहरुबाट मानिसहरु यही खोप लगाउन रुस जाने गरेका छन् ।
फाइजर बायोएनटेक : यो खोप ९५ प्रतिशत प्रभावी छ । अमेरिकामा बनेको यो खोप पनि कोरोना भाइरसको अल्फा, बिटा र गामा भेरिएन्टका बिरुद्ध पनि धेरै प्रभावकारी देखिएको छ ।
मोडर्ना : यो खोप ९५ प्रतिशत प्रभावकारी रहेको छ । यो खोप कोरोनाको अल्फा, बिटा र गामा भेरिएन्टका बिरुद्ध पनि धेरै प्रभावकारी देखिएको छ ।
भेरोसिल : यो खोप बेइजिङ इन्स्टिच्यूट अफ बायोलोजिकल प्रोडक्टस् कम्पनी लि. ले बनाएको हो ।
सिनोभ्याक : चीनले बनाएको यो खोप ५० प्रतिशत प्रभावकारी देखिएको छ ।
सिनोफार्म : चीनले पछिल्लो पटक बनाएको कोराना बिरुद्धको खोप हो । यो खोप तीन देखि १७ वर्षसम्मका बालबालिकाका लागि उत्पादन गरिएको हो ।
नोवाभ्याक्स : यो खोप ८९ प्रतिशत असरदार रहेको छ । यो खोप अल्फा र गामा भेरिएन्टका लागि प्रभावकारी देखिएको छ । यो खोप मेरिल्याण्डमा अमेरिकन बायोटेक्नोलोजी कम्पनीले बनाएको हो ।
माथि उल्लेखित खोपहरु दुई खुराकवाला खोपहरु हुन् ।
जानसन एण्ड जानसन : यो चाहिँ विश्वकै एकल खुराकवाला कोरोना बिरुद्धको भ्याक्सिन हो । यो खोप ६६ प्रतिशत प्रभावी रहेको छ । यो खोप अल्फा भेरिएन्टका लागि प्रभावी रहेको र बिटा र गामा भेरिएन्टका बिरुद्ध केही कम प्रभावकारी देखिएको छ । यो खोप तीन देश नेदरल्याण्डस्, बेल्जियम र अमेरिका मिलेर बनाएका हुन् ।
फाइजर बुस्टर : यो खोप अमेरिकामा बनेको हो । क्यानाडामा अन्य खोप लगाएकाहरुमा पुनः संक्रमण देखिएपछि फाइजर बुस्टर दिने गरिएको छ ।
साईड इफेक्ट : अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार अमेरिकामा फाइजर र मोडर्ना खोप लगाएकाहरु कैयनमा मुटु दुख्ने, मुटु सुन्निने समस्या देखा परेका छन् । इजरायली स्वास्थ्य मन्त्रालयले केही पहिले नै फाइजर खोप लगाएकाहरुमा यस्तै खालका समस्या देखिएको बताएको छ ।
जान्सन इण्ड जान्सन खोप लगाएकाहरु कैयनमा ब्लड क्लट अर्थात रगतका थेग्ला जम्ने समस्या देखिएका छन् । धेरै प्रभावकारी खोपका धेरै साइड इफेक्ट देखिने गरेका छन् । ५० प्रतिशत प्रभावकारी चीनका खोप लगाएकामा भने साइड इफेक्ट देखा परेका छैनन् । भारतमा पनि भारतमा बनेका खोप लगाएकाहरुमा ब्ल्याक फङ्गस संक्रमण देखा परेका छन् तर कोरोना भारइसबाट संक्रमितहरुको जर्जर स्वास्थ्य स्थिति र उपचारका क्रममा प्रयोग भएका औषधीका साइड इफेक्टका कारण पनि यस्तो रोग देखा परेका बताइएको छ । यसलाई यसरी बुझ्न सकिन्छ, जति बढी प्रभावकारी खोप लगायो उति नै धेरै साईड इफेक्ट देखा पर्दछन् ।
खोपले कहिलेसम्म काम गर्छ :
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओले )यो स्वीकार गरेको छ कि अहिलेसम्म उपलब्ध सबै खोपहरूले खोप लगाएका मानिसहरुमा कहिलेसम्म सुरक्षा प्रदान गर्छ भन्ने अहिलेसम्म जानकारी छैन । आगामी दिनहरुमा यसबारे सही सूचना उपलब्ध हुने डब्ल्यूएचओले विश्वास गरेको छ । डब्ल्यूएचओका अनुसार खोपहरूको सुरक्षा भिन्न भिन्न हुन सक्छन् ।
यसलाई यसरी बुझ्न सकिन्छः
मौसमी इन्फ्लूएन्जा खोप लगाएको केही महिनापछि खोपको सुरक्षा कम हुन्छ । त्यसैले यो खोप हरेक वर्ष लगाउनु पर्छ । किन पनि भने भाइरसले आफ्नो रूप परिवर्तन गरिरहन्छ । जबकि दादुरा वा चेचकको खोपले धेरै वर्षका लागि वा जीवनभरका लागि सुरक्षा प्रदान गर्दछ । तर कोरोना भाइरसले विश्वका धेरै देशहरूमा पुगेर आफ्नो रूप परिवर्तन गरेर समस्या पैदा गरेको छ । हाल उत्पादन भइरहेका भ्याक्सिनहरुले नयाँ भेरियन्टबाट सुरक्षा प्रदान गर्छ कि गर्दैन भनेर वैज्ञानिक र नियमनकर्ताहरू अनुसन्धानकै क्रममा छन् ।
विभिन्न देशका विभिन्न धेरै खोप निर्माताहरू विभिन्न भेरियन्टसँग लड्न सक्ने खोपहरू बनाइरहेका छन् । खोपहरू बुस्टर सटसँगै आउने आशामा छन् । पछिआउने खोपहरुले कोरोनाका अनेकन रूपहरूबाट समेत सुरक्षा प्रदान गर्नेमा आशावादी हुन सकिन्छ ।
कसले पहिला लगाउने कोरोना भाइरस बिरुद्धको भ्याक्सिन रु डाक्टरले कि बिरामीले रु यो निकै पेचिदा प्रश्न या विषय हो । कसलाई पहिला संक्रमण हुन्छ ? पो प्रश्न पनि पेचिदा नै हुन्छ । खोप अग्रपङ्तीमा काम गर्नेले पहिला लगाउने कि आम जनताले । कसलाई पहिला कोरोना संक्रमण हुन्छ रु यो पनि पेचिदा सवाल हो । सबभन्दा महत्वपूर्ण को हु्न् ? सेवा दिने बढी महत्वपूर्ण कि सेवाग्राही ? राजनीतिज्ञ बढी महत्वका कि राजनीतिज्ञ निर्माण गर्ने जनता ?
जब घरमा सानो नानी खोप लगाउनबाट बञ्चित छन् भने हजुरबा हजुरआमा या आमाबाबु या दिदी या दाजुले कसरी पहिला खोप लगाउन सक्छन् रु नानीहरु बचेनन् भने भोली दिदीबहिनी, दाजुभाइ, आमाबाबु, हजुरबा हजुरआमा या देशका नागरिक कसरी बन्छन् ?अथवा जबसम्म हजुरबा या हजुरआमाले खोप लगाउन पाउँदैनन्
नातीनातिनीले कसरी लगाउनु ? जबसम्म ज्येष्ठहरु खोपबाट बञ्चित छन् भने अरुले कुन नैतिकताले अगाडि अगाडि खोप लगाउनु ? को चाहिँ महत्वपूर्ण हुन् ? डाक्टर, चिकित्सक र स्वास्थ्यकर्मी बचाइएन
भने अरुलाई कसले उपचार गर्छन् ? शिक्षक बचाइएन भने कसले विद्यार्थीहरुलाई पढाउँछन् । राजनीतिज्ञहरु बचाइएन भने कसले देशमा शासन संचालन गर्छन् ? तर जनताहरु बचाइएन भने डाक्टर, चिकित्सक र स्वास्थ्यकर्मी कस्ले जन्माउने, हुर्काउने, पढाउने ? जनता बचाइएन भने कहाँबाट राजनीतिज्ञहरु विकास हुने ?
विद्यार्थीहरु बचाइएन भने कसरी शिक्षक, प्राध्यापक विकास गर्ने ?
यसलाई यसरी बुझ्न सकिन्छः
कुनै पानी जहाज समुद्रमा डुब्न लाग्यो भने सबै यात्रु सुरक्षित निस्किए भन्ने सुनिश्चित भएपछि मात्र चालकदल जहाजबाट निस्कन्छन् । नत्र यात्रुसँगै समुद्रमा डुब्ने हो । र, चालक दलका सबै सदस्य सुरक्षित निस्किए भन्ने सुनिश्चित भएपछि मात्र क्याप्टेनले जहाज छाड्छन् । नत्र क्याप्टेन पनि उनीहरुसँगै डुब्ने हो । कुनै पनि हवाईजहाज दुर्घटना हुन लाग्यो भने पाइलटहरु पनि यात्रुसँगै जोखिममा पर्ने हुन् ।
पाइलटका लागि कुनै प्यारासुटको बन्दोबस्त हुन्न । पाइलटहरुले पहिला यात्रुहरुको सुरक्षा सोच्ने हो । नत्र यात्रु सँगै मर्ने हो । यसबाट
चाहिँ केही सन्देश लिने हो कि ? यस उदारणसँग कोरोना बिरुद्धको खोप लगाउने सन्दर्भसँग दाँजेर हेर्दा परिदृष्यहरुले के दखाइरहेका छन् भने क्याप्टेन र पाइलटहरु पहिला प्राथमिकतामा परिरहेका छन् । अर्थात अग्रपङ्तीमा काम गर्नेहरु पहिलो प्राथमिकतामा परेका छन् । तर यो निश्चित चाहिँ गरिएको छैन कि, अग्रपङ्तीमा काम गर्नेहरुमा कोरोना भाइरस हुन्छन् भनेर हो या उनीहरुलाई सेवाग्राहीबाट अर्थात आम जनताबाट कोरोना संक्रमण हुन्छ भनेर पहिलो प्राथमिकतामा पारिएका हुन् ? यदि अग्रपङ्तीमा काम गर्नेहरुमा कोरोना
भाइरस हुन्छन् भन्ने लागेको हो भने उनीहरु पहिलो प्राथमिकतामा पर्नु ठीकै हो । यदि सर्वसाधारण जनतामा कोरोना भाइरस छन् र उनीहरुबाट अरुमा सर्छन् भन्ने लाग्छ भने सर्वप्रथम सर्वसाधारण जनतालाई खोप लगाइदिनु उपयुक्त हुन्छ । कोरोनाको मुहान बन्द गरेपछि कहाँबाट कोरोना आउनु ? आदर्श कुरा त यो हो कि, जबसम्म एकजनासम्म सर्वसाधारण जनता खोप लगाउन बाँकी रहन्छन् तबसम्म अरुले कुन नैतिकताले लगाउने रु अरु भन्नाले
अग्रपङ्क्तीमा काम गर्नेहरु, डाक्टर, स्वास्थ्यकर्मी, कर्मचारी,
मन्त्रीगण, सांसदगण, स्थानीय निकायका पदाधिकारी, आइसोलेसन व्यबस्थापन गर्ने हुन् या र्यापिड रेस्पोन्स टिम, सरकारी सुविधाभोगी अनि यस्तै धेरै। नियम चाहिँ यस्तै हुनुपर्ने थियो । यस्तो भएको भए उपलब्ध खोपको सही उपयोग हुने थिए । जजसले खोप लगाए आपूmहरु सुरक्षित भएको ठानेपछि अरुका लागि किन उत्तरदायी बनिरहने भन्ने ठाने रु यस्तो मनोवृत्तीले प्रश्रय । पाइरहेको छ । संघीय सरकारले पनि जनतालाई पछिल्लो प्राथमिकतामा पारिदियो ।
संघीय सरकार नै देशको कार्यकारी अधिकारयुक्त हुन्छ । सरकारको निर्णय सर्वोपरी हुन्छ । सरकारले बनाएको नियम, कार्यबिधि, मार्गनिर्देशन मान्नै पर्छ । तर सरकारको नियम, कार्यबिधि, मार्गनिर्देशन नमान्नाले र तहपिच्छे निर्णय गर्नाले समस्या पैदा भएका छन् । भन्नुको मतलब, तोकिएका उमेर समूहका लागि आएका खोप पहुँचका भरमा स्थानीय सरकारले अरुलाई नै लगाएर सकिदिएका छन् । यसले संघीय सरकारको खोप योजना र तालिकामा गम्भीर नकारात्मक असर पछिसम्मै परिरहने देखिन्छ । परिणामस्वरुप तोकिएका उमेर
समूहकाहरु खोपबाट बन्चित हुने सम्भावना प्रबल देखिएको छ ।
केहीदिन यताका घटनाहरुः
६२ देखि ६४ उमेर समूहका लागि आएका खोपहरु स्थानीय
स्तरमा निर्णय गर्दै खोप अन्य उमेर समूहका पहुँवालाहरुलाई लगाएका पाइएका छन् । र, तोकिएका उमेर समूहकाहरु चाहिँ खोप लगाउनबाट बञ्चित पारिएका छन् । विवाद निम्तिएका छन् । झापाकै कुरा गर्र्ने हो भने मेची नगरपालिकाको वडा नम्बर ९ र १० को संयुक्त खोप केन्द्रमा यस्तो घटना भयो । त्यहाँ तोकिएका उमेर समूहकालाई खोप अपुग भयो कारण खोप अन्यलाई लगाइएछ । सो
बारेमा जनसाधारणले जिज्ञासा राख्दा वडा नंं। १० का वडध्यक्ष सुदय पनेरुले गालीगलौज गरेको समाचार सार्वजनिक भएको छ । यसले विवादको रुप लिएको छ । एक राजनीति पार्टीको इकाईले वडाध्यक्ष पनेरुले माफी माग्नुपर्ने विज्ञप्ति निकालेको छ । बुद्धशान्तिमा पनि र्यापिड रेस्पोन्स टिमले सुटुक्कै खोप लगाएका भन्दै सामाजिक सञ्जालमा दोहोरी चलेको पाइयो । उता दाङको तुलसीपुर
र धनगढीमा पनि लक्षित उमेर समूहभन्दा पहुँचवालालाई खोप लगाइएको भन्दै विवाद उत्पन्न भएको छ । छानविन गरिनुपर्ने कुरा उठेका छन् । केही हप्ता अघि बिराटनगरको यस्तै घटना सार्वजनिक भएको थियो । राजधानीमै पनि सांसदहरुले मात्र होइन तिनका नजिक मान्छेहरुले पनि खोप लगाएको प्रसंग बाहिरिए । जसले गर्दा तोकिएका जनताहरु खोपबाट बञ्चित भए । देशै भर यस्ता घटना भएका होलान् ।
जनप्रतिनिधिहरु प्राविधिक, विज्ञ या विद्वान नहुन सक्छन् :
जनप्रतिनिधिहरु प्रायशः मीठा भाषण र बाचाले जनमत जितेर निर्वाचित भएका हुन्छन् । उनीहरु प्राबिधिक, विज्ञ या विद्घान या शिक्षितै पनि हुनु जरुरी छैन । त्यसैले उनीहरुले संघीय सरकारले तोकेको प्रोटोकल समेत नमान्न सक्छन् । जे पायो त्यही बोल्न पनि सक्छन् । पालिकाहरुमा प्रशासकीय अधिकृत लगायत केही अधिकृतहरु मात्र अर्थात केही अर्थमा विज्ञ हुन्छन् ।
अधिकृतहरुको सल्लाह जनप्रतिनिधिहरुले मानिरहनु पर्ने बाध्यता पनि छैन । त्यसैले वडा तहले पनि माथिल्लो निकायले तोेकेको प्रोटोकल वेवास्ता गरिदिने सम्भावना प्रबल रहेका देखिन्छन् । कोही सर्वसाधारण या विद्वान, शिक्षक, प्राध्यापक या समाजले विनम्र सल्लाह दिँदा पनि जनप्रतिनिधिहरु तातिइहाल्ने, जाइलाग्ने गरेका देखिएका छन् । त्यसैले नागरिक समूह, उपभोक्ता समूह, सचेत समूह, संघसंस्थाका समूह, वकालत समूह, अभियन्ता र राजनीतिक इकाईहरुले निरन्तर खबरदारी गरिरहन पर्दछ । तर खुशीको कुरा, कैयन पालिकाहरुमा कम शिक्षितहरु पनि जनप्रतिनिधिका रुपमा कैयन निर्बाचित भएर शिक्षित, विज्ञ र विद्वानले भन्दा पनि अब्बल काम गरेका पाइन्छन् । राम्रो प्रणाली बसाएका छन् । संघीय सरकारको मार्गनिर्देशन अनुसार काम गरेका छन्।
सबैले अनुशासित भएर संघीय सरकारले तोकेको मार्ग निर्देशन अनुसार काम गर्नु पर्दछ । सरकारका तहैपिच्छे निर्णय गरियो भने प्रणाली बसाउन सकिन्न। जसले गर्दा तोकिएका उमेर समूहका जनताहरु कोरोना खोप लगाउनबाट बञ्चित हुनुपर्ने देखिएको छ । यस विषयलाई संघीय सरकारले कसरी लिन्छ ?
खोप तोकिएका उमेर समूहलाई नै लगाऔँ ः
तर खोप अन्य उमेर समूहका लागि पनि लगाइँदै छ । त्यही पनि हाकाहाकी । संघीय सरकारले कार्यविधी तोकेर पठाएको
खोप स्थानीय तहमा अर्कै उमेर समूहकालाई लगाइँदै छ । विभिन्न तहैपिच्छ आपूmखुशी निर्णय गरेर संघीय सरकार या स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको प्रोटोकल तोडेर खोप पहुँचवालालाई लगाइँदै छ । हालैका घटनाहरुले यस्तै देखाइरहेका छन् । ६२ देखि ६४ वर्षसम्मका लागि आएका खोपहरु अन्य उमेर समूहकाले धमाधम लगाएर खोप सिद्धिएका खबर छ्यापछ्यापती आइरहेका छन् ।
यसो गरेपछि संघीय सरकारको योजना र तालिकामा असर पर्दछ । पछि ज्येष्ठहरुका लागि खोप आउने हुन् कि होइन रु स्थानीय निकायहरुले तजबिजले खोप पहुँचवालालाई लगाएदिएपछि ज्येष्ठहरुका लागि पछि खोप आएन भने को जिम्मेवार
हुने । पछि त अर्कै उडमेर समूहका लागि आउलान् ।
खोप लगाउँदैमा कोरोना भाइरस निर्मुल हुँदैन ः
खोपले कोरोना भइरसको संक्रमणको असर चाहिँ कम हुने हो । खोपले अस्पताल जानुपर्ने अवस्थामा कमी ल्याउँछ, गम्भीर बिरामी पर्न कम गर्छ र मृत्य दर कम गर्छ । संक्रमण पूर्णतः हराउनु त धेरै टाढाको कुरा हो । प्रभावकारी खोप लगाइसकेका पश्चिमा देशहरुमा पुनः सक्रमण दर बढेका छन् तर अस्पताल जानुपर्ने क्रम कम
भएका छन्, गम्भीर बिरामी पर्ने क्रम घटेका छन् । मृत्युदर घटेको छ ।
प्रभावकारी खोप लगाइसकेका पश्चिमा देशहरुमा तेस्रो किसिमको उत्परिवर्तित कोरोना भाइरस देखिएका छन् । बेलायतमा त्यस किसिमको भाइरस देखिएको सञ्चार माध्यमहरुले जनाएका छन् ।
नेपालमा कोरोना खोप लगाउनेहरु ः नेपालले अहिलेसम्म कुन कुन खोप कति कति डोज ल्यायो त्यसको सटिक तथ्यांक पाइदैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेवसाईटमा त्यस्तो तथ्यांक भेटिदैन । गुगल न्यूज वेवसाईटका अनुसार नेपालमा जम्मा २९,३६,११३ जनाले खोप लगाइसकेका छन् । जसमा एक डोज
लगाउनेहरु २२,४४,६१९ रहेका र दुईटै डोज लगाउनेहरु ६,९१,४९४ रहेका छन् । ९१३ जुन २०२१ गुगल न्यूज)
आशा गर्नु भर नपर्नु : माथिको तथ्यांकले नेपालमा खोप लगाउने क्रम निकै नै सुस्त रहेको देखिन्छ । अर्कोतिर सबैले खोप पाउने कुनै ग्यारेन्टी छैन । दुबै डोज पाउनु त टाढाकै कुरा भयो । खोप उत्पादनको गति हेर्दा पनि विश्वका सबैले खोप लगाउन पाउने कुनै ग्यारेन्टी देखिएको छैन । नेपाल जस्तो गरिब मुलुकका सबै जनाले कोरोना भाइरस बिरुद्धको खोप लगाउन पाउने ग्यारेन्टी छैन । अर्कातिर नेपालमा कोरोना भाइरस बिरुद्धको खोप
व्यवस्थापन कमजोर रहेको छ । एकातिर पर्याप्त खोप उपलब्ध गर्न सकिरहेको छैन । अर्कोतिर भरपर्दो स्टोरेज र कोल्ड चेन व्यबस्थापन पनि भरपर्दो छैन। जसले गर्दा खोपको प्रभावकारिता कम हुन जान्छ । सम्बन्धित पक्षहरु परिस्थिति अनुसार जिम्मेवार देखिएका छैनन् । खोप लगाउने अर्थात अन्तिम विन्दुका सरोकारवाला खासमा स्थानीय सरकारको इच्छाशक्ति र जनताप्रतिको उत्तरादायित्व कमजोर रहेको छ । स्थानीय जनप्रतिनिधिहरुले दबाब थेग्न नसकिरहेको अवस्था देखिन्छ । पहुँचावालाहरुले प्रणाली भत्काइरहेका पाइन्छन् । खोप खोसाखोस गरिरहेका छन् । तोकिएका खोपग्राहीहरु खोपबाट बञ्चित पारिदैछन् । सरकारहरु कमजोर देखिएका छन् ।
खुशीको कुराः
खोप एक व्यक्तिले बढीमा दुईपटकमात्र लगाउन मिल्छ । त्यसैले
कहीँकतै धाँधली भएर खोप अरुले लगाएपनि उनीहरुले बढीमा दुईपटक मात्र लगाउने हुन् । त्यसैले सबैको पालो आउँछ नै एकदिन । मात्र धैर्य गरौँ तर पालो मिचिन नदिऔँ ।
मास्क, स्यानिटाइजिङ्ग र भौतिक दूरी नै कोरोना भाइरस बिरुद्धको अचुक उपाय :
जबसम्म पाखुरामा खोप घोपिन्न तबसम्म यही उपाय ब्रम्हास्त्र हुन्छ ।
साथै रोगप्रतिरोधी क्षमता बढाउने खानेकुरा खान छाड्नु हुन्न । अनि खोप लगाइसकेकाहरुले पनि यही उपाय कायम राख्नु उपयुक्त हुन्छ । खोप लगाएकामा भाइरसको असर केही कम हुनेमात्र हो । खोपको साईड इफेक्टको दुःख पनि बेग्लै हुन्छ ।चारमहिना खुल्ला दुई महिना लकडाउन अझ लामो समयसम्मको हाम्रो जीवन शैलीः कोरोना भाइरसको कहर देख्दा यो खालको जीवनशैली केही वर्षसम्म लम्बिने निश्चित जस्तै छ । जनताहरुले यही शैलीबाट जीवन चलाउनु पर्ने देखिन्छ । देशका प्रणालीहरुले यो किसिमको जीवन शैलीलाई पुरानै अवस्थामा फर्काउन निकै सुजबुझ र कुशलताका साथ काम गर्नुपर्ने देखिन्छ । यसमा स्थानीय सरकार र निकायहरुको अहम भूमिका हुने देखिन्छ । स्थानीय जनताको भूमिका त धेरै नै महत्वपूर्ण हुन्छ ।