Search
Close this search box.
Search
Close this search box.

काँकडभिट्टा–लौकही सडक निर्माण: राजमार्गमा परेका बिर्तामोडका संरचना भत्काइने

निर्माणाधीन पूर्वपश्चिम एसियन राजमार्गमा परेका बिर्तामोडका धेरै संरचना भत्काइने भएका छन् । बिर्तामोडको दुर्गा मन्दिर पुरै भत्किने भएको हो भने ट्राफिक प्रहरी कार्यालयको पुरानो भवन र धेरै घरका अगाडिको भाग पर्ने भएको छ । बीच सडकदेखि २५–२५ मिटर दायाँ बायाँभित्र सडक सीमा मिचेर बनाइएका संरचनाहरू अब केही महिनापछि हटाइने भएको हो ।

सडकको सीमा क्लियर गर्ने क्रममा रुख कटान गरिसकेकाले अब अन्य संरचना हटाइने एसियाली विकास बैङ्क आयोजना दमकका योजना प्रमुख सुनिलबाबु पन्तले बताए । पहिले गरिएको सुपरिवेक्षणलाई फेरि भेरिफाई गरेर प्रक्रियागत ढङ्गले सडक सीमाभित्र परेका संरचनाहरू हटाइने आयोजना प्रमुख पन्तले बताए । उनले त्यसका लागि जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरिने जानकारी दिए । घरको बरन्डा र लाछीहरू परे पनि ठुला संरचना कुनै पनि नपरेको बताउँदै पन्तले सडक निर्माणमा खासै अवरोध नआउने जनाए ।

EPIC EPIC

जिल्ला ट्राफिक प्रहरी कार्यालयको पुरानो भवन नपर्ने तर त्यस भवन अगाडिको परिसर पर्ने भन्ने सुनेको ट्राफिक प्रहरी नवराज न्यौपानेले बताए । योजना प्रमुख पन्तले काँकडभिट्टा–सितापुरी पूर्वी खण्डको ४५ किलोमिटर क्षेत्रमा वर्षाका कारण अहिले खासै काम नभइरहेको जानकारी दिए । ‘बिरिङ पुलमा पाइपिङको काम भइरहेको छ’उनले भने,‘त्योसँगै माटो परीक्षणको कार्य पनि चलिरहेको छ । ’ सडक किनारमा रहेका सबै चार हजार ७३० रुख कटान गरिसकिएको छ । त्यसैगरी पुल र कल्भर्ट निर्माण कार्य जारी छ । दुई लेनको सडकलाई चार लेनमा रूपान्तरण गर्ने उद्देश्यअनुरूप सो सडक खण्डमा १४० वटा कल्भर्ट र २१ वटा पुल निर्माण हुने बताइएको छ ।

एसियन राजमार्ग निर्माणका लागि काँकडभिट्टा–सितापुरी पूर्वी खण्ड र सितापुरी–मावा खोलालाई पश्चिम खण्डमा विभाजन गरिएको छ । पूर्वी खण्डको ठेक्का एभ्रासकन कालिका जेभीले पाएको छ । एसियाली विकास बैंकको सहयोगमा निर्माण सुरु भएको काँकडभिट्टादेखि केर्खासम्मको सडक करिब रु. १० अर्बको लगानीमा सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको छ । काँकडभिट्टा–लौकहीसम्मको ९६ किलोमिटर सडक पूर्वी र पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरी निर्माण भइरहेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *