कांग्रेस प्रवक्ता विश्वप्रकाशको प्रस्ताव : ‘बीपीले देखेको सपनालाई युवाका सपनासँग एकाकार गरौँ’

झापा— सत्तारुढ नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले २४ बुँदे अवधारणा पत्र सार्वजनिक गरेका छन् । राजनीतिमा परिवर्तनको खाँचो भएको भन्दै शर्माले उक्त अवधारणा पत्र सार्वजनिक गरेका हुन् । पार्टीको आसन्न १४ औं महाविधेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरिसकेका शर्माले संविधान दिवसको अवसरमा आइतबार गृहजिल्ला झापाको बिर्तामोडबाट अवधारणा पत्र सार्वजनिक गरेका हुन् ।

उनले कांग्रेस संस्थापक बीपी कोइरालाले देखेको प्रजातन्त्र र समाजवादको सपनालाई २१ औं शताब्दीका युवाले देख्ने सपनासँग एकाकार गर्दै लानुपर्ने पार्टीको दायित्व भएको अवधारणा पत्रमा उल्लेख गरेका छन् । ‘बीपीले देशका लागि देख्नुभएको सपनालाई २१ औं शताब्दीको नेपाली युवाको आजको सपनासँग एकाकार गरेर समय सापेक्ष सपनाका साथ कांग्रेस अघि बढ्नु छ । यो यात्राले कांग्रेसको रुपान्तरण, सामाजिक परिवर्तन र भौतिक प्रगतितर्फको आकांक्षालाई सम्बोधन गर्न सक्नुछ, १४ औं महाधिवेशनका क्रममा यी समग्र विषयमा हामीले चिन्तन गर्नुछ,’ शर्माले भनेका छन् ।

EPIC EPIC EPIC

जतिसुकै क्षमतावान नेताले पनि राजनीतिमा परिवर्तनका लागि चार पटकभन्दा धेरै सांसद बन्न नपाउने, तीन पटकभन्दा धेरै मन्त्री बन्न नपाउने, दुई पटकभन्दा धेरै प्रधानमन्त्री र एक पटकभन्दा धेरै राष्ट्रपति बन्न नपाउने कानुनी व्यवस्था हुनुपर्ने शर्माको अवधारणा पत्रमा उल्लेख छ । ‘राष्ट्रपति एक पटकभन्दा दुई पटक बन्न नपाउने व्यवस्था गरौं । अनि प्रधानमन्त्री, जतिसुकै क्षमतावान् भए पनि दुई पटकभन्दा बढी बन्न नपाइने व्यवस्था गरौं न । मन्त्री तीन पटकभन्दा बढी बन्न नपाइने व्यवस्था गरौं,,’ बिर्तामोडमा आयोजित कार्यक्रममा शर्माले प्रश्न गरे, ‘अनि कसैले बा छाडिदिनुस् न भनेर कसैलाई भन्न जानुपर्छ र  ?’

उनले अवधारणा पत्रको २४ बुँदामा राजनीतिको छविमा पुनर्ताजगीको आकांक्षा, संविधान बनाउनेले संविधानप्रति इमान राख्न, संविधानप्रति विमति लोकतान्त्रिक हक, तर संविधानसभाको वैधानिकता कदर साझा कर्तव्य, सुशासन, पारदर्शिता र सदाचार, परिवर्तित राजनीतिको मूल संस्कारलगायत विषय समेटेका छन् । प्रवक्ता शर्माले अहिलेको राजनीतिक व्यवस्था ठीक भएको तर अव्यवस्थाको अन्त्यका लागि काम गर्न बाँकी रहेकाले अवधारणा पत्रको नाम नै  ‘हिजो राजनीतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन’ राखेको बताए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *