काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी नदिने भएका छन् ।
संस्थापन पक्ष इतरमा साझा उम्मेवार छनोटका लागि पहल गरेका उनले पहिले आफ्नै नाममा सहमतिका लागि प्रयास गरेका थिए । पछि सहमति हुने भएमा आफू उम्मेदवार नहुने पनि बताएका थिए ।
संस्थापन पक्ष इतरबाट पूर्वमहामन्त्री प्रकाशमान सिंह र शेखर कोइराला दुवैले सभापतिमा उम्मेदवारी दिने तयारी गरिरहेका छन् ।