Search
Close this search box.
Search
Close this search box.

कांग्रेस र एमालेका शिर्ष नेता सहित झापाका १९ उम्मेदवारले स्वयंलाई मतदान गर्न नपाउने

झापा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला,नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्नि प्रसाद खरेल सहित झापाका १९ जना उम्मेदवारले आफूलाई मतदान गर्ने नपाउने भएका छन्।

आफ्नो मतदाता नामावली भएको क्षेत्रबाट भन्दा बाहिर उम्मेदवारी दिएकाले उनीहरूले मतदान गर्न नपाउने भएका हुन्।

EPIC

आगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा आफूलाई मतदान गर्न नपाउनेमा नेपाली कांग्रेस, नेकपा एमालेका शिर्ष नेता सहित अकल बहादुर तामाङ, महेन्द्र खायमली, राजन चुडाँल,
राम सुफल कामत्य, रेश्मा चेम्जोङ, त्रीनारायन राजवंशी, युग पाठक, कृष्ण गोपाल छुस्यावाग, श्याम बहादुर लिम्बु, दिलिप धिमाल, राजकुमार लामा, गजेन्द्र लिम्बु, नन्दराज राई,मनोरथ राजवंशी, विक्रम काशिस छवाले आफूलाई मतदान गर्न नपाउने हुनुभएको हो।
निर्वाचन आयोगले मतदाता नामावली रहेको क्षेत्रबाट मात्र गर्न पाउने व्यवस्था गरे सँगै उम्मेदवारले स्वयंलाई मतदान गर्नबाट बञ्चित भएका हुन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *