काठमाडौंको म्हेपीमा एक दम्पतीले खोलामा हामफाले

काठमाडौंको म्हेपीमा एक दम्पतीले खोलामा हाम फालेका छन् । 

घरायसी झगडापछि पहिले श्रीमतीले म्हेपी रानीबारी खोलामा हाम फालेका थिइन् भने त्यसपछि श्रीमानले हाम फालेका प्रहरीले जनाएको छ ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालका हाम फाल्नेमा रितु रोका र श्याम बुढाथोकी छन् ।

शनिबार दिउँसो सवा ४ बजेतिर हाम फालेका उनीहरूमध्ये बुढाथोकीको उद्धार गरिएको छ भने रोका बेपत्ता छन् । लगातारको झरीले उक्त खोलाको सतह बढेर अहिले भेल आइरहेको छ ।

खोलामा हाम फालेको देखेर धादिङको ज्वालामुखी गाउँपालिका घर भई म्हेपी बस्ने अमन टुन्चिङ मगर उनीहरूलाई बचाउन हाम फालेका थिए । मगरले श्रीमान बुढाथोकीलाई समाए । तर, उनलाई समेत बगाउन लागेपछि प्रहरीले दुवै जनाको उद्धार गरेको थियो । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *