कारले ठक्कर दिँदा मर्निङ वाक निस्किएका दुई महिलालाई गयो ज्यान

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१ बसन्तपुरमा मर्निङ वाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट ज्यान गएको छ। शुक्रबार बिहान करिब ५:४५ बजे पत्थरकोट–गोरुसिंगे सडक खण्डमा उक्त दुर्घटना भएको हो ।

पत्थरकोटबाट गोरुसिंगेतर्फ गइरहेको बिएबी ९५९९ नम्बरको कारले दुई महिलालाई ठक्कर दिएको प्रहरीले जनाएको छ । कारको ठक्करबाट गम्भीर घाइते भएकी ६० वर्षीया शान्ता खत्री र ६५ वर्षीया तिलकुमारी रायमाझीलाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले  जानकारी दिए ।

EPIC EPIC EPIC

कार चालक रुपन्देही, सैनामैना नगरपालिका–५ निवासी ३२ वर्षीय खिमराज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी तथा सुचना अधिकारी मोहन मणी अधिकारीले  बताएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च