कुलमान घिसिङको रिटमा आज सर्वोच्चमा सुनुवाइ

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएपछि कुलमान घिसिङले सरकारविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन सुनुवाइ गर्न आज (चैत १५) का लागि पेसी तोकिएको छ। 

घिसिङले बुधबार नै पेस गरेको रिट बिहीबार दर्ता गर्दै सर्वोच्चले आजका लागि पेसी तोकेको अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए।

EPIC EPIC EPIC

रिटमा उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, ऊर्जा, जलस्रोत  तथा सिँचाइ मन्त्रालय, ऊर्जामन्त्री दीपक खड्का, नेपाल विद्युत् प्राधिकरणका  नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई विपक्षी बनाएका छन्।

उनले रिटमा आफूलाई हटाउने निर्णय बद्‌नियतपूर्ण र गैरकानुनी दाबी गरेका छन्। सरकारको उक्त निर्णय कार्यान्वयनमा तत्काल रोक लगाई आफूलाई काम गर्न दिने अन्तरिम आदेश उनले माग गरेका छन्। 

सोमबारको मन्त्रिपरिषद् बैठकले उनलाई कार्यकारी निर्देशक पदबाट बर्खास्त गरेर शाक्यलाई नियुक्त गरेको थियो। कुलमानको यो दोस्रो काल हो। चार वर्षको कार्यकालमा चार महिना समय बाँकी थियो। 

शाक्यले पदभार ग्रहण गरिसकेका छन्। शाक्य नियुक्त भएसँगै सञ्चालक समितिको बैठक बसिसकेको छ। बैठकले दुरगामी निर्णयसमेत गरिसकेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च