बुद्धशान्ति। झापाको बुद्धशान्ति गाउँपालिकामा पानीमा डुबेर एक युवकको मृत्यु भएको छ।
बुद्धशान्ति २ घर भएका १९ बर्षिया मनोज तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
मंगलबार बुद्धशान्ति १ मा रहेको कुलोमा डुबीरहेको अवस्थामा उनलाई प्रहरीले तत्काल उद्धार गरी बिर्तामोडस्थित बिएण्सी अस्पताल पठाएको थियो। उनको उपचारका क्रममा सोही अस्पतालमा मृत्यु भएको थियो उक्त घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।