केदारनाथमा बिरामी उद्धारका लागि गएकाे हेलिकप्टर आपत्कालीन अवतरणका क्रममा दुर्घटना

काठमाडौं : भारतकाे केदारनाथमा बिरामीको उद्धार गर्न आएको सञ्जीवनी हेलिकप्टर एम्बुलेन्स आपत्कालीन अवतरणको क्रममा दुर्घटनाग्रस्त भएको छ।

शनिबार हेलिकप्टर केदारनाथ हेलिप्याडमा अवतरण गर्ने क्रममा पछाडिको भाग अचानक भाँचिएको थियो।

EPIC EPIC EPIC

दुर्घटनाको समयमा हेली एम्बुलेन्समा एम्स ऋषिकेशका एक डाक्टरसहित दुई जनाको मेडिकल टोली रहेको थियो। बीबीसीका अनुसार पाइलट र मेडिकल टोली सुरक्षित रहेका छन्।

जिल्ला पर्यटन विकास अधिकारी तथा नोडल हेली सेवा अधिकारी राहुल चौबेका अनुसार केदारनाथ धामको दर्शन गर्न आएकी एक महिलालाई सास फेर्न गाह्रो हुन थालेपछि राज्य सरकारको हेली एम्बुलेन्स सेवा संजीवनीको सहयोग लिइएको थियो।

उनले भने,‘एम्सको एक मेडिकल टोली हेलिकप्टर मार्फत केदारनाथ पुग्दै थियो। जसमा एक डाक्टर र एक नर्सिङ स्टाफ थिए।’

दुर्घटनाको कारणबारे राहुल चौबेले भने, ‘केदारनाथको मुख्य हेलिप्याडमा अवतरण गर्नुअघि हेलिकप्टरमा केही प्राविधिक गडबडी भयो। पाइलटले समयमै परिस्थिति बुझे र हेलिप्याडभन्दा ठिक अगाडि समतल सतहमा अवतरण गर्नु राम्रो ठाने। तर अवतरणको क्रममा हेली एम्बुलेन्सको पुच्छरको रोटर भाँचियो।’

उनले पाइलटको बुद्धिमत्ताका कारण सफल आपत्कालीन अवतरण सम्भव भएको बताए। हेलिकप्टरमा रहेका सबै यात्रु सुरक्षित रहेको पनि उनले बताए। हेलिकप्टरको पुच्छरको रोटर भाँचिएको उनको भनाइ छ।

राहुल चौबेले यस विषयमा प्राविधिक अनुसन्धान डीजीसीएले गर्ने र त्यसपछि मात्र सही जानकारी उपलब्ध हुने बताए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च