कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण (नेपाली समयको तालिका सहित)

एजेन्सी – दक्षिण अमेरिकी फुटबलको सर्वोच्च प्रतियोगिता कोपा अमेरिका २०२१ को क्वाटरफाइनल समीकरण पूरा भएको छ । समूह चरणको अन्तिम खेलमा अर्जेन्टिना र उरुग्वेको जितसँगै अन्तिम ८ मा खेल्ने टोलीको टुंगो लागेको हो ।

सोमबार भएको समूह ए को अन्तिम खेलमा अर्जेन्टिनाले बोलिभियालाई ४/१ ले पराजित गर्यो । कप्तान लिओनेल मेस्सीले २ गोल गर्दा पापु गोमेज र लाउटारो मार्टिनेजले १(१ गोल गरे । यस्तै समूहको अर्को खेलमा उरुग्वेले पाराग्वेलाई १/० ले हरायो । उरुग्वेको जितमा एडिन्सन काभानीले २१ औं मिनेटमा गरेको पेनाल्टी गोल नै निर्णायक बनेको हो ।

EPIC EPIC EPIC EPIC EPIC

यस जितसँगै अर्जेन्टिना समूह ए को शीर्षस्थानमा रहेर क्वाटरफाइनलमा प्रवेश गरेको छ । अर्जेन्टिनाले ४ खेलमा ३ जित र १ बराबरीसँगै १० अंक जोड्यो । उरुग्वे पनि पाराग्वेमाथि १/० को जित दर्ता गर्दै दोस्रो स्थानमा रहयो । उरुग्वेले ७ तथा पाराग्वेले ६ अंक जोड्यो । ५ अंक जोडेको चिली चौथो स्थानमा रहयो ।

यसअघि समूह बी मा अपराजित रहेको ब्राजिलले शीर्षस्थान ओगटेको थियो । ब्राजिलले ४ खेलमा १० अंक जोड्दा दोस्रो स्थानको पेरुले ४ खेलमा ७ अंक जोड्यो । कोलोम्बिया ४ खेलमा ४ अंक जोड्दै तेस्रो र इक्वेडर ३ अंकसाथ चौथो भएको थियो । २ अंक जोडेको भेनेजुएला भने समूह चरणबाट नै बाहिरियो ।

अब क्वाटरफाइनलमा साविक विजेता ब्राजिलले त्यसअघि दुई संस्करणमा उपाधि जितेको चिलीको सामना गर्नेछ । उपाधि दाबेदार मानिएको अर्जेन्टिनाले इक्वेडरको सामना गर्नेछ । उरुग्वेले कोलोम्बियाको सामना गर्दा पेरु र पाराग्वे पनि सेमिफाइनल प्रवेशका लागि भिड्नेछन् ।

क्वाटरफाइनल :

३ जुलाई, शनिबार – पेरु विरुद्ध पाराग्वे – विहान २:४५ बजे – क्वाटरफाइनल १

३ जुलाई, शनिबार – ब्राजिल विरुद्ध चिली – विहान ५:४५ बजे – क्वाटरफाइनल २

४ जुलाई, आइतबार – उरुग्वे विरुद्ध कोलोम्बिया – विहान ३:४५ बजे – क्वाटरफाइनल ३

४ जुलाई, आइतबार – अर्जेन्टिना विरुद्ध इक्वेडर – विहान ६:४५ बजे – क्वाटरफाइनल ४

सेमिफाइनल :

६ जुलाई, मंगलबार – क्वाटरफाइनल १ विजेता विरुद्ध क्वाटरफाइनल २ विजेता – विहान ४:४५ बजे

७ जुलाई, बुधबार – क्वाटरफाइनल ३ विजेता विरुद्ध क्वाटरफाइनल ४ विजेता – विहान ६:४५ बजे

तेस्रो स्थान :

१० जुलाई, शनिबार – सेमिफाइनलमा पराजित टोली – विहान ५:४५ बजे

फाइनल :

११ जुलाई, आइतबार – सेमिफाइनलका विजेता हरु – विहान ५:४५ बजे

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *