Search
Close this search box.
Search
Close this search box.

कोभिड खोप: युरोपेली राष्ट्रमा बुधबारदेखि बालबालिकालाई खोप दिन सुरु

पालिका सन्देश– धेरै युरोपेली राष्ट्रहरुले बुधबारदेखि कोभिड-१९ विरुद्ध पाँच देखि ११ वर्षका बालबालिकालाई खोप दिन थालेका छन्  ।जर्मनी, स्पेन, ग्रीस र हंगेरी साना केटाकेटीहरूलाई कोभिड-१९ विरुद्ध बुधबारदेखि खोप अभियान शुरु गरेका हुन् ।

इयुको मेडिसिन्स वाचडगले गत महिना फाइजर–बायोटेक शटलाई पाँच देखि ११ वर्षका उमेर समूहका लागि अनुमोदन गरेको थियो । 
संयुक्त राज्य अमेरिका पहिलो ठूलो देश हो, यहाँ अहिलेसम्म पाँच देखि ११ वर्षका ५० लाखभन्दा बढी बालबालिकालाई खोप लगाइएको छ । 

EPIC EPIC EPIC

फ्रान्समा, गम्भीर रोगको जोखिममा रहेका पाँच देखि ११ वर्षका बालबालिकालाई मात्रै खोप स्वीकृत गरेको छ । तर सरकारले यसलाई स्वैच्छिक आधारमा सबै बालबालिकामा विस्तार गर्ने विचार गरिरहेको बताएको छ ।

स्विट्जरल्याण्डमा, देशको चिकित्सा एजेन्सीहरु बच्चाहरूको खोपलाई स्वीकृत दिएको छ ।  तर अभियान जनवरीबाट मात्र शुरु हुने बताइएको छ । 

बेलायतीमा अझै पनि ५–११ उमेर समूहका लागि अनुमोदन गर्ने कि नगर्ने भनेर सरकारी अधिकारीहरुले मूल्यांकन गरिरहेका छन् ।  एजेन्सी

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *