झापा, एजेन्सी- कोरोना महामारीका कारण सन् २०२० मा विश्वभर २.३ करोड बालबालिका जीवनरक्षक खोपबाट बञ्चित भएको तथ्य सार्वजनिक भएको छ। विश्व स्वास्थ्य संगठन-डब्लुएचओ र युनाइटेड नेसन्स चिल्ड्रेन फण्ड-युनिसेफको संयुक्त प्रतिवेदनमा सन् २०२० मा १.७ करोड बालबालिकाले कुनै पनि खोप लगाउन नपाएको उल्लेख छ।
विश्व कोरोना खोपको पछि लाग्दा साना बालबालिका जीवनरक्षक अन्य खोपबाट बञ्चित भएकोमा डब्लुएचओ र युनिसेफले चिन्ता व्यक्त गरेका छन्।