कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकबाट विधेयक पेश गर्ने निर्णय, बजेट बाँडफाँट स्वीकृत

विराटनगर। कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ लाई प्रतिस्थापन गर्ने विधेयक, २०८१ प्रदेशसभामा पेश गर्ने निर्णय गरेको छ।

आज बसेको बैठकले कानून, न्याय तथा प्रदेश मामिला समितिबाट परिमार्जित प्रदेश सार्वजनिक खरिद (दोस्रो संशोधन) नियमावली, २०८१ तथा सार्वजनिक खर्चको मापदण्ड र मितव्ययितासम्बन्धी (तेस्रो संशोधन) निर्देशिका, २०८१ स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए।

EPIC EPIC EPIC EPIC EPIC

त्यस्तै, गृह मन्त्रालयअन्तर्गतका निकायहरूलाई बजेट बाँडफाँट गर्ने निर्णय पनि बैठकले गरेको छ। सुरक्षा निकायबाट बजेट कार्यान्वयन हुने गरी बजेट बाँडफाँट गर्ने र आन्तरिक मामिला तथा कानून मन्त्रालयमार्फत प्रदेशस्थित कार्यालयबाट कार्यान्वयन हुने गरी सुरक्षा निकाय तथा उच्च एवं जिल्ला बारको भवन मर्मतका लागि बजेट स्वीकृत गर्ने निर्णय भएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *