Search
Close this search box.
Search
Close this search box.

कोशी प्रदेशः चाडपर्वमा ८ जनाको हत्या र १ सय ७१ जनाले गरे आत्महत्या

विराटनगर । दशैं, तिहार र छठ पर्वको अवधी भर कोशी प्रदेशमा ८ जनाको हत्या भएको र १ सय ७१ जनाले आत्महत्या गरेका छन् । यद्यपि फाटफुट केहि घटना बाहेक सामूहिक हिसाबका ठूला अपराध एवं अप्रिय घटना नभएको प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार यसवर्ष चाडपर्व शान्तिपूर्ण रूपमा सम्पन्न भएका छन् । प्रहरीले चाडपर्वलाई लक्षित गरेर सुरक्षा योजना बनाउँदै असोज २८ देखि मंसिर ४ गतेसम्मका लागि प्रदेशमा लागू गरेको थियो ।

EPIC EPIC EPIC

विशेष सुरक्षा योजना बनाएर लागू गर्दै सबै ठाउँमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएका कारण दसैं, तिहार र छठजस्ता पर्वमा अप्रिय एवं ठूला घटना हुन नपाएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका निमित्त प्रवक्ता एवं डीएसपी सुनील दाहालले बताए ।

हत्या र आत्महत्या बाहेक यस वर्षको चाड पर्वको अवधीमा कुटपिट र झैझडासँग सम्बन्धित ७४ वटा घटना भएका छन् । जुवातासका ७, जबरजस्ती करणीका १०, लागूऔषधका ९८, चोरीका १० र हातहतियारसँग सम्बन्धित २ वटा घटना भएको डीएसपी दाहालले बताए ।

उनका अनुसार चाडपर्वको अवधिमा प्रदेशभरि ६ सय ५० वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परेर ४८ जनाको मृत्यु भएको छ । विभिन्न घटनामा संलग्न ४ सय ८६ जनालाई पक्राउ गरेर कानुनी कारबाहीको दायरामा ल्याइएको जानकारी दाहालले दिए । उनका अनुसार हत्यामा संलग्न १०, कुटपिट एवं झैझगडामा संलग्न ६५, जुवातास खेल्ने ५४, बलात्कारमा संलग्न ९, लागूऔषध ओसारपसार गर्ने ९२, दुर्घटना गराउने २ सय ४९, चोरीमा संलग्न ५ र हतियारसहित २ जना पक्राउ परेका हुन् ।

विगतमा जस्तो यसवर्ष संगठित अपराध, सामूहिक बलात्कार, लुटपाट, डकैती, आगजनीजस्ता ठूला एवं अप्रिय घटना हुन नपाएको दाहालले बताए ।

प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोला चाडपर्वलाई लक्षित गरेर प्रहरीले चोरी, लुटपाट र डकैती हुनसक्ने सम्भावित स्थानको निगरानी बढाउँदा ठूला अपराध हुन नपाएको बताउँछन् । उनका अनुसार बैंक, वित्तिय संस्था एवं आर्थिक गतिविधी धेरै हुने ठाउँ, महत्वपूर्ण प्रतिष्ठान, सुनचाँदी पसल, सरकारी तथा गैरसरकारी कार्यालय, एटीएम बुथ, सार्वजनिकस्थल र पसलहरुमा सुरक्षा सतर्कता बढाइएकाले चाडपर्वका बेला अपराधिक घटना कम भए ।

विगतका घटनालाई विश्लेषण गरी प्रहरी उपस्थित बढाएकै कारण सामूहिक अपराध रोकिएको बास्तोला बताउँछन् ।  

संवेदनशील क्षेत्र तथा भित्री सडक र एकान्त स्थानमा प्रहरीको ‘पिकेट ड्युटी’, ‘क्वीक रेस्पोन्स टिम’ तथा साइकल, मोबाइल र पैदल गस्ती परिचालन गरिएको थियो । धार्मिक तीर्थस्थल, शक्तिपीठ, मठ मन्दिरलगायत भक्तजनहरुको भीडभाड एवं घुइँचो हुने स्थान प्रहरीको विशेष निगरानीमा थिए । मादक पदार्थ सेवनबाट हुने झैझगडा एवं अपराध नियन्त्रण, कालो बजारी, इन्धन तथा दैनिक उपभोग्य वस्तुको कृतिम अभाव नियन्त्रणलगायतमा प्रहरीले ध्यान दिएको डीआईजी बास्तोला बताउँछन् । 

चाडपर्वमा यातायातको सहज उपलब्धता, ट्राफिक व्यवस्थापन, तस्करी, हातहतियार तथा लागूऔषध र मदिराको अवैध ओसारपसार नियन्त्रण नेपाल र सशस्त्र प्रहरीको प्राथमिकतामा परेको थियो । 

डीआईजी बास्तोलाले चाडपर्वलाई लक्षित गरेर प्रदेशभरि ७ हजार ५ सय १५ जना प्रहरी परिचालन गरिएको जानकारी दिए । 

चाडपर्वका बेला सीमा अपराध नियन्त्रणका लागि नेपाली प्रहरीका साथै भारतीय ‘काउण्टर पाट्र्स’सँग समेत समन्वय र सहकार्य गरिएको कोशी प्रदेशका सशस्त्र प्रहरी प्रमुख डीआईजी अन्जनीकुमार पोखरेलले बताए । उनका अनुसार सीमा नाकाबाट हुने अवैध ओसारपसारलगायतका अपराध नियन्त्रणमा सशस्त्र केन्द्रित थियो ।  भारतबाट लागूऔषध, हातहतियार एवं विष्फोटक पदार्थको ओसारपसार तथा अन्य अपराधिक गतिविधि हुन नदिन उच्च सतर्कता अपनाइएको उनको भनाइ छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *