कोशी प्रदेशमा ट्राफिक लापरबाही: एक वर्षमै ४१८ को ज्यान गयो

विराटनगर। कोशी प्रदेशमा ट्राफिक नियमको अवज्ञा र लापरवाहीका कारण आर्थिक वर्ष २०८१/८२ मा ४१८ जनाले ज्यान गुमाएका छन्।
ट्राफिक प्रहरीको तथ्याङ्कअनुसार सो अवधिमा प्रदेशभर २ लाख १३ हजार ६९५ सवारीसाधन कारबाहीमा परेका छन्। नियम उल्लंघन गर्ने सवारीसाधनबाट १६ करोड २९ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरिएको छ।

निमित्त ट्राफिक प्रहरी प्रमुख डीएसपी सन्तोष श्रेष्ठका अनुसार प्रदेशका १४ वटै जिल्लामा रहेका ९६ ट्राफिक इकाइहरूले नियमित चेकजाँच, निगरानी र प्रविधिको प्रयोगमार्फत नियम उल्लंघनविरुद्ध कारबाही अभियान सञ्चालन गरेका थिए।

EPIC EPIC EPIC EPIC EPIC

प्रमुख उल्लंघनमध्ये हेलमेटको फिता नबाँध्ने, सिट बेल्ट नलगाउने, मापसे गरेर सवारी चलाउने, मोबाइल चलाउँदै गाडी चलाउने, बिना लाइसेन्स सवारी सञ्चालन गर्ने र ट्राफिक संकेतको अवज्ञा गर्ने कार्य प्रमुख छन्।
यस्तै, सार्वजनिक यातायातले क्षमता भन्दा बढी यात्रु राख्ने, अनधिकृत पार्किङ गर्ने र तीव्र गतिमा सवारी चलाउने प्रवृत्तिले समस्या झनै जटिल बनाएको डीएसपी श्रेष्ठको भनाइ छ।

प्रविधिको प्रयोग तीव्र, असर भने न्यून

हालसम्म प्रदेशभरका ९३२ स्थानमा सीसी क्यामेरा जडान गरिएको छ भने झापाको झिलझिले, विराटनगरको दुधफारम र खार्जीमा नम्बर प्लेट डिटेक्टर राखिएको छ।
लामो दूरी र भारतीय नम्बर प्लेट भएका गाडीहरूलाई ट्राफिक एपमार्फत निगरानी गर्न ६ स्थानमा विशेष चेकपोइन्ट स्थापना गरिएको छ।

सवारी गति नियमन गर्न २१ स्थानमा टाइम कार्ड इन्ट्री प्रणाली लागू गरिएको छ। कारबाहीलाई पारदर्शी बनाउन टीभीआरएस र ई–चालान प्रणाली प्रयोगमा ल्याइएको छ भने तीव्र गतिको निगरानीका लागि राडरगन पनि प्रयोग गरिएको छ।

यति प्रविधि प्रयोगका बाबजुद ट्राफिक नियम उल्लंघन र दुर्घटनामा भने अपेक्षित सुधार देखिएको छैन। गत वर्ष ४१८ जनाको मृत्यु हुनुका साथै ७११ जना गम्भीर घाइते र ८ हजार ५३० जना सामान्य घाइते भएको ट्राफिक प्रहरीको तथ्यांक छ।
दुर्घटनाको प्रमुख कारण सवारी चालकको लापरबाही नै रहेको उल्लेख गरिएको छ।

सवारी सुरक्षालाई प्राथमिकता दिँदै ट्राफिक प्रहरीले २६ हजार २९३ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ, जसबाट ६ लाख १६ हजारभन्दा बढी व्यक्ति लाभान्वित भएका छन्।
तथापि, जानकारी हुँदाहुँदै लापरवाहीपूर्ण सवारी सञ्चालन यथावत् रहेको ट्राफिक प्रहरीको टिप्पणी छ।

प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीले भने, “एक सेकेण्डको लापरबाहीले ज्यान जान सक्छ। नियम पालना आफ्नै सुरक्षाका लागि हो।”
उनले सबै सडक प्रयोगकर्तालाई सचेत र जिम्मेवार बन्न आग्रह गरेका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *