झापा, ६ असार । कोशी प्रदेश सरकारले मोटरसाइकलको वार्षिक सवारी कर वृद्धि गरेको छ । सवारी साधन कर पुनरावलोकन गर्दै केही श्रेणीमा कर बढाइएको हो ।
नयाँ व्यवस्थाअनुसार १२५ सीसीसम्मका मोटरसाइकलमा अब वार्षिक ३ हजार १ सय रुपैयाँ कर लाग्नेछ । यसअघि यो दर ३ हजार रुपैयाँ थियो ।
त्यस्तै, १२५ देखि १५० सीसी क्षमताका मोटरसाइकलको कर ५ हजारबाट बढाएर ५ हजार १ सय रुपैयाँ बनाइएको छ ।
१५० देखि २५० सीसीका मोटरसाइकलमा कर ६ हजार रुपैयाँबाट बढाएर ६ हजार २ सय रुपैयाँ पुर्याइएको छ ।

२५० देखि ४०० सीसी क्षमताका मोटरसाइकलको कर भने यथावत् ११ हजार रुपैयाँ कायम गरिएको छ । त्यसभन्दा बढी क्षमताका मोटरसाइकलका लागि वार्षिक २० हजार रुपैयाँ कर यथावत् नै रहेको छ ।