कोशी र गण्डकी प्रदेशका केही ठाउँमा रातिदेखि नै वर्षा

काठमाडौं । कोशी र गण्डकी प्रदेशका केही ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । आज कोशी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशका सबै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै हिमाली भेगका केही ठाउँमा हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

EPIC EPIC EPIC EPIC EPIC

देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसँगै वर्षा, हिमपातका कारण कृषि, दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।

यो हप्ता गहुँ, मुसुरोलगायत अन्न तथा दलहन बाली नकाट्न मौसमविद्ले आग्रह गरेका छन् । पानी पार्ने नयाँ प्रणालीको प्रभाव आउँदो सोमवारसम्म रहने मौसमविदको अनुमान छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *