काठमाडौं- आज ५ वटा प्रदेशका केही ठाउँमा भारी वर्षा हुन सक्ने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागको छ।
विभागका अनुसार कोशी, मधेश, वागमती, गण्डकी र लुम्बिनीका केही ठाउँमा भारी वर्षा हुने सम्भावना छ।
हाल कोशी, मधेश, वागमती र गण्डकीका अधिकांश तथा लुम्बिनीका पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव छ। बाँकी क्षेत्रमा स्थानीय वायु आंशिक प्रभाव छ।
आज दिउँसो कोशी, मधेश, वागमती र गण्डकीका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी, मधेश, वागमती र गण्डकीका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
आज राति कोशी, मधेश र वागमतीका धेरै, गण्डकी र लुम्बिनीका केही तथा कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी, वागमती, गण्डकी र लुम्बिनीका १-२ स्थानमा भारी वर्षाको पनि सम्भावना छ।



















