कोशीको सरकार गठन विवाद– रिटलाई पूर्ण इजलासमा पठाउन सर्वोच्चको आदेश

koshi pradeshhh

झापा । कोशी प्रदेश सरकार गठनसम्बन्धी रिटलाई सर्वोच्च अदालतको पूर्ण इजलासमा पठाउन आदेश गरिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण इजलासमा पठाउन आदेश दिएको हो । प्रस्तुत निवेदनको विषयवस्तु हेर्दा जटिल कानूनी प्रश्न समावेश भएको देखिएको र त्यसको निराकरण पूर्णइजलासबाट हुन उपयुक्त देखिएकाले सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३ (२) (ग) बमोजिम मिति २०८० साउन ९ गते पूर्ण इजलासमा पेश हुने गरी पेशी तोकी नियमन बमोजिम गर्नू’, इजलासद्वारा जारी आदेशमा भनिएको छ ।

EPIC EPIC EPIC EPIC EPIC

रिटमाथि मंगलवारदेखि नै सर्वोच्चको पूर्णइजलासमा सुनुवाइ हुनेछ । कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक भएको उल्लेख गर्दै गत असार २२ गते निर्वतमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

उक्त रिटमाथिको प्रारम्भिक सुनुवाइ गर्दे गत असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले कोशी प्रदेश सरकारका नाममा दूरगामी असर पर्ने गरी काम नगर्न आदेश गर्दै र लिखित जवाफ पेस गर्न आदेश गरेको थियो ।

सभामुखको हस्ताक्षरसहित कांग्रेसका उद्धव थापा मुख्यमन्त्री बनेपछि निवर्तमान मुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता हिक्मत कार्कीले असार २२ गते सर्वोच्चमा रिट दायर गरेका हुन् ।

सभामुखलाई सामान्य अवस्थामा मताधिकार नहुने भएकाले उनको हस्ताक्षर देखाएर सरकार गठन गर्न नमिल्ने जिकिर रिटमा गरिएको छ । तर, वर्तमान सरकारलाई सभामुखको हस्ताक्षरविना बहुमत पुग्ने देखिएको छैन ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *