कोशीदेखि लुम्बिनीसम्म भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं – आज आइतबार देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका अधिकांश पहाडी भू-भागमा तथा अन्य थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, कोशी प्रदेशका पहाडी भू-भाग, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। उच्च–पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ।

EPIC EPIC EPIC EPIC EPIC

रातिको अवस्था पनि दिनझैं रहनेछ। देशभर आंशिकदेखि साधारण बदली रहनेछ भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। बाँकी प्रदेशमा पनि थोरै स्थानमा यस्तै मौसम देखिनेछ।

कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ भने गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने सम्भावना महाशाखाले जनाएको छ।

यसैबीच, उच्च पहाडी तथा हिमाली भू-भागमा राति हल्कादेखि मध्यम वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ। यस्तो मौसमले बाढी, पहिरो तथा सडक अवरोधको सम्भावना रहने भएकाले सतर्क रहन मौसमविद्हरूले सुझाव दिएका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *