Search
Close this search box.
Search
Close this search box.

क्यान खेलाडी वर्गीकरणमा अन्याय गर्यो: मल्ल

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले गरेको खेलाडी वर्गीकरण वैज्ञानिक र पारदर्शी नहुँदा आफूहरू बाध्य भएर क्यानविरुद्ध बोल्नुपरेको निवर्तमान कप्तान ज्ञानेन्द्र मल्लले बताएका छन् ।

बुधबार क्यानले ज्ञानेन्द्र मल्ललाई कप्तानबाट हटाएर सन्दीप लामिछानेलाई कप्तानको जिम्मेवारी दिएको थियो ।

EPIC EPIC EPIC

त्यस्तै उपकप्तान दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई कारबाही गरेको थियो । सोही कारबाहीबारे जानकारी दिन मल्लसहित चार जना खेलाडीले शुक्रबार पत्रकार सम्मेलन गरेर क्यानकै कारण खेलाडी र क्यानबीच विवाद उत्पन्न भएको बताएका हुन् ।

मल्लले क्यानको बुधबारको निर्णयलाई पुनर्विचार गर्नसमेत आग्रह गरेका छन् ।

‘मुख्य विवादको कारण भनेको क्यानको वर्गीकण नै हो । यसलाई पुनर्विचार गर्नुपर्छ । वर्गीकरण गर्दा हामीलाई कुनै जानकारी नै गराइएको छैन । एकैचोटी कन्ट्र्याक्टमा हस्ताक्षर गर्न लगाइयो । त्यो अन्यायपूर्णनै छ,’ मल्लले पत्रकार सम्मेलनमा भने ।

खेलाडी वर्गीकरणमा असन्तुष्टि जनाउँदै मल्लसहित खेलाडीहरूले क्यानविरुद्ध मिडियाबाजी गरेको भन्दै क्यानले उनीहरूलाई कारबाही गरेको जनाएको छ ।

मल्लले अहिलेसम्म आफूहरूले क्रिकेटमा दिएको योगदानलाई पनि क्यानले उचित मूल्यांकन नगरेको पनि गुनासो गरे ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *