क्यान्सर विजेताको साइकलयात्राको क्रममा भोजपुरमा

दिपेन्द्र लुईटेल भोजपुर
क्यान्सर रोगबाट पीडित भएका नेपाली नागरिकको उपचारका लागि कोष खडा गर्न एक हजार आठ सय किलोमिटर लामो साइकलयात्रा सुरु भएको छ। अङ्ग्रेजी नयाँ वर्षको सन्दर्भपार्दै मध्यपहाडी राजमार्गको उद्‌गम बिन्दु चिवा भन्ज्याङदेखि क्यान्सर विजेता साइकलयात्रीको अगुवाइमा अभियान प्रारम्भ गरिएको हो।

सिक्किम र नेपालको सीमावर्ती पाँचथरको याडवाराक गाउँपालिका-१. चिवाभन्ज्याङबाट सुरु भएको यो साइकलयात्रा एक महिनापश्चात् मध्यपहाडी राजमार्गको अन्तिम विन्दु बैतडीको झुलाघाट पुगेर औपचारिक रूपमा समापन गर्ने लक्ष्य अभियन्ताको छ।

EPIC EPIC EPIC

साइकलयात्राको अगुवाइ क्यान्सर विजेता साइकलयात्री कविता चित्रकार र हर्क लामाले गरिरहनुभएको छ भने टोलीमा स्वास्थ्यकर्मी, प्राविधिक र छायाकारसहित १४ जना सहभागी टोलीको नेतृत्व गरिरहनुभएका डाक्टर सुमन ताम्राकार बताउनुहुन्छ।

यो यात्रा धुलिखेल अस्पतालसँगको सहकार्यमा साइकल कल्चर कम्युनिटीले सुरु गरेको हो।  टोली भोजपुर आईपुगेर पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।  टोलीसँग पत्रकारको टिमले क्यान्सरको जोखिम र उपचारसम्बन्धी अन्तक्रियासमेत गरेको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च