क्रिकेटर आसिफ सेखमाथि अनैतिक शारीरिक सम्बन्ध राखेको आरोप

काठमाडौं। क्रिक्रेटर आशिफ शेखलाई बलात्कार आरोप लागेको छ।

आइतबार दिउँसो बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको स्रोतले जनाएको छ। पीडित पक्षलाई परिसर प्रहरीले कालीमाटीस्थित महिला सेलमा पठाएको थियो। महिला सेलले उनीहरूलाई उजुरीमा रित नपुगेको भन्दै फर्काएको छ।

EPIC EPIC EPIC EPIC EPIC

कालीमाटीस्थित महिला सेल पुगेका पीडित पक्षले सोमबार रितपूर्वक निवेदन लिएर आउने बताएका थिए। एक युवतिले आशिफ शेखलाई बलात्कार गरेको आरोप लगाएकी हुन्।  

प्रहरीले रितपूर्वक निवेदन आएपछि उनीमाथि अनुसन्धान हुने जनाएको छ। परिसरका प्रवक्ताले एसपी कुमोद ढुंगेलले आफूले पनि सो विषय हल्का जानकारी पाएको तर निवेदन दर्ता नभएको बताए।

‘आज दिउँसोतिर पीडितहरु आएको रिपोटिङ थियो, तर पछि निवेदन दर्ता भएको रहेनछ, भोली रित पूर्वक निवेदन लिएर आएमा अनुसन्धान अधि बढ्छ।’  एसपी ढुंगेलले भने। 

समाचार नागरिक दैनिकबाट
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *