क्लाउडफ्लेयरमा हिजो बेलुका समस्या, नेपालका वेबसाइटसमेत प्रभावित

काठमाण्डौ – क्लाउडफ्लेयरमा हिजो बेलुका आएको प्राविधिक समस्याका कारण विश्वभरका साथै नेपालका पनि धेरै वेबसाइट प्रभावित भएका छन् । सामाजिक सञ्जाल एक्स (पहिलेको ट्वीटर) जस्ता ठूला प्लेटफर्मदेखि विभिन्न नेपाली अनलाइन तथा सेवा प्रदायकका वेबसाइटमा प्रयोगकर्ताले ‘इन्टरनल सर्भर इरर’ जस्ता समस्या सामना गर्नुपर्याे ।

क्लाउडफ्लेयर एक प्रमुख इन्टरनेट पूर्वाधार सेवा प्रदायक हो । समस्या देखिएलगत्तै क्लाउडफ्लेयरले एक सूचना निकाल्दै आफूहरूलाई समस्याबारे जानकारी भएको र अनुसन्धान गरिरहेको जानकारी दिएको थियो । समस्याका कारण वेबसाइटहरूको अवरोध निगरानी गर्ने चर्चित साइट ‘डाउन डिटेक्टर’ समेत केही समयका लागि प्रभावित भएको थियो ।

EPIC EPIC EPIC

समाचार पोर्टल, इ–कमर्स साइट र अन्य अनलाइन सेवाहरू केही समय प्रभावित भएका थिए । क्लाउडफ्लेयरले समस्या समाधान गरेपछि ती वेबसाइटहरू सामान्य अवस्थामा फर्किन थालेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *