काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार मधेश जाँदै छन्। सामाजिक सञ्जालमा लेखेर उनले आफू महोत्तरी र बारा जान लागेको जानकारी दिएका छन्।
‘तराई मधेशमा लागेको सुख्खाले साउनको पहिलो सातासम्म पनि धान रोपाइँ हुन सकेको छैन। त्यहाँको वस्तुस्थिति हेरौँ र स्थानीय किसानहरूका कुरा पनि सुनौँ भन्ने लागेको छ’, उनले लेखेका छन्, ‘आज बारा र महोत्तरीका दिदीबहिनी दाजुभाइहरूसँग भेट हुनेछ।’
बिहीबार भने व्यस्तताले बाहिर ननिस्किएको उनले बताएका छन् । ‘दिनरात नै लगातार कामको चापका कारण थकित थिएँ । हिजो बाहिरका कुनै कार्यक्रममा सहभागी भइनँ’, उनले भनेका छन्।
मधेशमा लामो समयदेखि पानी नपर्दा सुक्खा र खडेरीले किसान समस्यामा छन्।