ताप्लेजुङ — मेरिङदेन गाउँपालिका-३ खाम्लुङमा करेन्ट लागेर एक कामदारको ज्यान गएको छ। वैशाख १९ गते बिहान युनाइटेड हाईड्रोपावर अन्तर्गत रामेछाप कन्ट्रक्सनको आउटलेट साइड प्लान्टमा काम गर्ने क्रममा इलामको माई नगरपालिका-१ बतासेका २४ वर्षीय खगेन्द्र राईको करेन्ट लागेर मृत्यु भएको हो।
हाईड्रोपावरको लेबर क्याम्प निर्माणको क्रममा फलामको रड अचानक तीन फेज विद्युत् लाइनमा छोइँदा राई गम्भीर घाइते भएका थिए। उनलाई तत्कालै जिल्ला अस्पताल, ताप्लेजुङमा उपचारका लागि लगिएको थियो। तर, उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।
प्रहरीका अनुसार घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।