गरामनी दुर्गा मन्दिरमा महानवमीमा भक्तजनको घुइँचो

झापा। आज आश्विन शुक्ल नवमीका अवसरमा देशभर महानवमी पर्व श्रद्धा–भक्तिपूर्वक मनाइँदैछ। महानवमीका दिन भगवती दुर्गाको नवौँ रूप ‘सिद्धिदात्री’ को विशेष पूजा–आराधना गरिन्छ। भक्तजनले यिनको आराधनाबाट सिद्धि प्राप्त हुने विश्वास गरिएको छ। चार भुजायुक्त, चक्र, गदा, शंख र कमल धारण गरी कमलासनमा विराजमान सिद्धिदात्रीको पूजाले मनोरथ पूरा हुने जनविश्वास रहिआएको छ।

महानवमीमा कालरात्रिको आराधनाको पूर्णता स्वरूप विशेष हवन गर्ने चलन छ। यस दिन खिर, तिल र घिउ मिसाइएको चरु देवीलाई अर्पण गरिन्छ। साथै शक्तिपीठ तथा दशैँघरमा परम्परागत रूपमा पशुबलि दिने प्रथा छ भने, शाकाहारीहरूले कुभिण्डो, घिरौँला र नरिवल चढाउने गर्छन्। यस दिन सवारीसाधनको पूजा गर्ने परम्परा पनि रहिआएको छ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

नवरात्रभर दुर्गाका नौ स्वरूपसँगै महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना गरिन्छ। शक्तिको प्रतीक महाकाली, ऐश्वर्यकी देवी महालक्ष्मी र विद्याकी देवी महासरस्वतीको संयुक्त उपासना नवरात्र अनुष्ठानमा समेटिन्छ। नौ दिनसम्म चल्ने अनुष्ठान आज सम्पन्न भए पनि नवदुर्गाको प्रसाद दशमीका दिन जमरा र फूल अक्षता सहित ग्रहण गर्ने परम्परा छ।

यसै अवसरमा झापाको गरामनीस्थित ऐतिहासिक दुर्गा मन्दिरमा मध्यरातदेखि नै भक्तजनको भीड लागेको छ। राति १ बजेदेखि सयौं भक्तजन दर्शन तथा पूजाका लागि पुगेको मन्दिरका पुजारी मोहन घिमिरेले जानकारी दिए। अनादिकालमा स्थापना भएको मानिने गरामनी दुर्गा मन्दिरमा महानवमीका दिन विशेष महापूजा र एकादशीका दिन मेला लाग्ने परम्परा रहिआएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *