भोजपुर
भोजपुरको दक्षिणी क्षेत्रमा पर्ने हतुवागढी गाउँपालिकाले पालिका गान/गीत छनोट गरेको छ ।
पालिका गानको लागि हतुवागढी ३ का शंकरहरी राईको गीत सर्वोत्कृष्ट गानको रुपमा छनोट भएको छ । त्यस्तै प्राप्त सिर्जनाहरु मध्ये उत्कृट १० पालिका गान समेत छनोट गरिएको छ ।
प्राप्त रचनाहरु पालिका गान छनोट समितिले सम्पूर्ण प्रक्रिया सम्पन्न गरि अन्तिम नामावली प्रकाशन गरिएको गाउँपालिका अध्यक्ष प्रेम कुमार राईले जनाएका छन् ।
गाउँपालिकाले असोज २६ गते एक सुचना जारी गर्दै पालिका गान रचनाको लागि आह्वान गरेको थियो । ४/७ मिनेटमा संगीत भर्न मिल्ने १२/१६ लाइनको हुनुपर्ने उक्त रचनाको लागि हतुवागढीको ऎतिहासिक, साँस्कृतिक, आर्थिक,सामाजिक, परम्परा, रीतिरिवाज, मौलिकता, जाती, भाषा, भौगोलिक क्षेत्र, पर्यटन, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी, पेशा, व्यवसाय लगायतको विषय समेटिएको हुनुपर्ने जनाइएको थियो ।
छनोट मध्ये उत्कृष्ट १० सर्जकको नामावलीः
१. प्रदिप राई, जसमणी राई (हतुृवागढी २)
२. दुर्गा पराजुली
३्. श्रीशीशा राई (हतुृवागढी ३)
४. किसान राई साम्पाङ (हतुृवागढी ६)
५. लक्ष्मण हायु (आमचोक ७)
६. पुर्ण सन्ध्या समाधि (हतुृवागढी ३)
७. रामानन्द राई (हतुृवागढी ६)
८. दिलिप बान्तावा (हतुृवागढी २)
९. लंकामान राई (हतुृवागढी २)
१०. राम वलाहाङ राई (हतुृवागढी २)
ईनागरिक बाट साभार



















