गाउँपालिका अध्यक्षको तिनवटा नागरिकता, पक्राउ गर्न अदालतको आदेश

सर्लाही । सर्लाहीको धनकौल गाउँपालिकाका अध्यक्ष राम आश्रय साहसंग तीन वटा नागरिकता रहेको खुलेको छ। साहले बिभिन्न मितिमा गरि तीन वटा नागरिकता लिएको पाइएको छ। 

गाउँपालिका अध्यक्ष साहले विभिन्न मितिमा किर्ते गरेको नागरिकता प्रस्तुत गरेको भन्दै नागरिकता किर्तेमा कारवाही गर्न अदालतमा मुद्वा दायर भए पछी साहलाई पक्राउ गरि थप अनुसन्धान र कारवाही गर्न इलाका प्रहरी कार्यालय बरहथवालाई न्यायाधीशद्वय सागर बिष्ट र विष्णुप्रसाद कोइरालाको उच्च अदालत जनकपुरको सयुक्त इजलासले पत्राचार गरिको छ।  

EPIC EPIC EPIC EPIC EPIC

यता इलाका प्रहरी कार्यालय बरथवामा भने मुद्वा दर्ता गराईएर अनुसन्धान अघि बढाईएदै गरेको प्रहरीले जनाएको छ । साहसँग पहिलो नागरिक्ता नम्बर २१७ मा जन्म मिति २००१/०१/१० रहेको १९-०१-७३-०८६३६ नम्बर रहेको दोस्रो नागरिकतामामा जन्म मिति -२०११/०१/१० उल्लेख छ । 

यसघि स्थानीयले इलका प्रहरी कार्यालय बरहथवामा मुद्दा दर्ता गराउन खोज्दा उक्त कार्यालयले मुद्दा दर्ता गरेको थिएन। अहिले भने प्रहरीले उच्च अदालत जनकपुरबाट परमादेश आएपछि मुद्दा त दर्ता भएको तर अनुसन्धानमा ढिला सुस्ती गरेको निवेदक बताउँछन। 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *