Search
Close this search box.
Search
Close this search box.

गृहमन्त्री रवि लामिछाने विरुद्धको रिट हेर्दाहेर्दैमा

काठमाडौं । गृहमन्त्री रवि लामिछानेलाई पदबाट बर्खास्त गर्नुपर्ने माग राखी दायर रिट निवेदनमाथि सर्वोच्च अदालतले नियमित सुनुवाइ गरेर टुंग्याउने भएको छ ।

न्यायाधीशहरू सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासले मुद्दालाई हेर्दाहेर्दैमा राख्ने आदेश गरेको हो ।

EPIC

गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगीमा किटानी जाहेरी परेको र उनी पदमा बहाल रहे अनुसन्धान प्रभावित हुने भन्दै अधिवक्ता अनुपम भट्टराईले उनलाई निलम्बन गर्नुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

उनले गृहमन्त्रीविरुद्ध कुनै पनि किटानी जाहेरी नपरेको भन्ने महान्यायाधीवक्ता कार्यालयको पत्रसमेत खारेज हुनुपर्ने माग राखेका छन् ।

रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले कास्की र नवलपुरबाट सहकारी ठगीसम्बन्धी फाइल झिकाउन आदेश गरेको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *