गृहसचिव दुवाडी हटाइए, दंगाललाई जिम्मेवारी

सरकारले गृहसचिव गोकर्णमणि दुवाडीलाई हटाएको छ। उनको ठाउँमा रक्षासचिव रहेका रामेश्वर दंगाललाई गृहसचिवको जिम्मेवारी दिइएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुवाडीसहित तीन सचिवको सरुवा गर्ने निर्णय गरेको हो।

EPIC EPIC EPIC

दुवाडीलाई राष्ट्रिय योजना आयोगको सचिवालयमा सरुवा गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले जनाएको छ।

जेन-जी आन्दोलनको क्रममा भएको दमनमा गृह प्रशासनको नेतृत्व गरेका दुवाडीमाथि छानबिन हुनुपर्ने माग उठिरहेका बेला सरकारले उनलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो।

यसअघि भिजिट भिसा प्रकरणमा समेत नाम मुछिए पनि उनले उन्मुक्ति पाएका थिए। सरकार परिवर्तन भएको करिब डेढ सातासम्म दुवाडी गृहमन्त्रालयमै कार्यरत थिए।

नयाँ गृहसचिवको जिम्मेवारी पाएका दंगाल गृह प्रशासनकै ‘क्याडर’ मानिन्छन्। यसअघि उनी रक्षासचिवको रूपमा कार्यरत थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *