गौरादहमा अटो–ट्रक दुर्घटना : घाइते खुसबु खातुनको उपचारका क्रममा मृत्यु

झापा। झापाको गौरादह नगरपालिका–१ गैरीया चोकमा अटो दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ ।

गत कात्तिक २१ गते साँझ करिब मे.१ ह. ५७५४ नम्बरको अटो धान लोड गर्दै रोकिएको प्रदेश १–०२–००१ख ९०९३ नम्बरको मिनी ट्रकको पछाडी ठोक्किँदा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा अटो चालक गौरादह–१ निवासी ४८ वर्षीय मो. डोमा र उनकी श्रीमती ३७ वर्षीया खुसबु खातुन गम्भीर घाइते भएकी थिइन् ।

EPIC EPIC EPIC

उपचारका लागि निम्स अस्पताल दमकमा भर्ना गरिएकोमा अवस्था जटिल भएपछि खुसबुलाई थप उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिएकोमा कात्तिक ३० गते दिउँसो उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *