चार महिनामा व्यापार घाटा ४ खर्ब ६१ अर्ब

चालु आर्थिक वर्षको ४ महिनासम्ममा मुलुकले ५ खर्ब १२ अर्ब ५० करोड ३४ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ५ खर्ब ३२ अर्ब ६९ करोड १३ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । गत आवको चौथो महिनाको तुलनामा चालु आवको चौथो महिनासम्म कूल आयात ३.७९ प्रतिशतले घटेको छ ।

भन्सार विभागले आज सार्वजनिक गरेको कात्तिक मसान्तसम्मको विवरणअनुसार ४ महिनाको अवधिमा नेपालको निर्यात पनि ७.६८ प्रतिशतले ओरालो लागेको छ । विभागका अनुसार सो अवधिमा नेपालबाट ५० अर्ब ५६ करोड ५३ लाख बराबरको वस्तु निर्यात भएको छ । गत वर्षको ४ महिनाको अवधिमा ५४ अर्ब ७७ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो ।

EPIC EPIC EPIC

सो अवधिमा नेपालको वैदेशिक व्यापार ५ खर्ब ६३ अर्ब ६ करोड रुपैयाँ बराबरको  भएको छ । गत वर्षको यही अवधिमा ५ खर्ब ८७ अर्ब ४६ करोड ५६ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।

विभागका अनुसार कात्तिक मसान्तसम्म नेपालको व्यापार घाटा ४ खर्ब ६१ अर्ब ९३ करोड ८० लाख रुपैयाँ बराबर रहेको छ । गत वर्षको सोही अवधिमा ४ खर्ब ७७ अर्ब ९१ करोड ७० लाख रुपैयाँ बराबरको व्यापार घाटा भएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च