बिर्तामोड । झापामा महिला हिंसासम्बन्धि ५९ वटा मुद्दा दर्ता भएका छन् । चालु आर्थिक बर्षको मंसिर मसान्तसम्म ती मुद्दा दर्ता भएका हुन् ।
महिला हिंसासम्बन्धि उक्त घटनामा संलग्न ५९ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा ४७ जना पुरुष र १२ जना महिला छन् । पक्राउ परेका महिला बहुविवाहसम्बन्धि घटनाका भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।
महिला हिंसासम्बन्धि सबै भन्दा धेरै जबर्जस्ती करणीका मुद्दा दर्ता भएका छन् । यो अवधिमा ३५ वटा मुद्दा दर्ता गरेको र ती घटनामा संलग्न २८ जना पुरुषलाई पक्राउ गरिएको प्रनाउ पाठकले बताए । गत बर्ष जबर्जस्ती करणीसम्बन्धि १०९ वटा मुद्दा दर्ता भएकोमा एक जना महिलासहित १०१ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
त्यस्तै, यो अवधिमा वहुविवाहका १६ वटा मुद्दा दर्ता भएका छन् भने १२ जना पुरुषसहित २४ जनालाई पक्राउ गरिएको छ । गएको आर्थिक बर्षमा बहुविवाहका ३४ वटा मुद्दा दर्ता भएका थिए भने ती घटनामा संलग्न १७ जना महिलासहित ३८ जना पक्राउ परेका थिए ।
जबर्जजस्ती करणी उद्योगमा ६ जना पुरुषलाई पक्राउ गरिएको र ६ वटा मुद्दा दर्ता गरिएको प्रहरीको भनाई छ ।
जबर्जस्ती करणी अन्तर्गत कसुरजन्य कार्य गरेको र जबर्जस्ती करणी गरी मानव बेचविखनको आरोपमा प्रहरीले १/१ जनालाई पक्राउ गरेको जनाएको छ ।