काठमाडौँ । चितवनको भरतपुर नगरपालिका–२८ स्थित गोलाघाट र नवलपरासी पूर्वस्थित गैँडाकोटमा भेटिएको थप दुईवटा शवको सनाखत भएको छ ।
सनाखत भएका दुवै शव शनिबार बिहान ३ः३० बजे पहिरोले बगाए बेपत्ता भएका यात्रीको भएको पुष्टि भएको छ ।
गोलाघाटमा भेटिएको शव भारत बिहार घर भएका ३७ वर्षीय जयप्रकाश ठाकुरको भएको पुष्टि भएको छ ।जय प्रकाशका दाजु ओमप्रकाशले शवको सनाखत गर्नुभएको प्रहरीले जनाएको छ । ठाकुर वाग्मती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्समा सवार हुनुहुन्थ्यो ।
गैँडाकोट नगरपालिका–७ मा भेटिएको शव भारत बेतियास्थित मझेलिया थान घर भएका ३० वर्षीय सजाद अन्सारीको रहेको खुलेको छ । उहाँका दाजु मेराज हुसेनले शवको सनाखत गर्नुभएको छ । अन्सारी वाग्मती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्समा सवार हुनुहुन्थ्यो ।
यस अघि शनिबार भेटिएका तीनवटा शवको सनाखत भइसकेको छ । ती शव पोष्टमार्टम पछि आफन्तले बुझिसकेका छन् ।