चिलीको राष्ट्रपतिमा ३५ वर्षीय युवा निर्वाचित

काठमाडौं । दक्षिण अमेरिकी देश चिलीको राष्ट्रपतिमा ३५ वर्षका वामपन्थी नेता गाब्रिएल बोरिक विजयी भएका छन् । प्रजातान्त्रिक समूहका उम्मेदवार जोसे एन्टोनियो कास्टलाई पराजित गर्दै बोरिक राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

३५ वर्षको उमेरमा राष्ट्रपति निर्वाचित भएका बोरिक विश्वकै कान्छा नेतामध्ये एक हुन् । उनी चिलीको इतिहासमा सबैभन्दा कम उमेरका राष्ट्रपति बन्दैछन् । यो निर्वाचनमा दशककै सबैभन्दा ठूलो ध्रुवीकरण देखिएको छ । सरकारविरोधी ठूलो प्रदर्शनपछि चिलीमा यो परिवर्तन सम्भव भएको बताइएको छ ।

EPIC EPIC EPIC

पूर्व विद्यार्थी नेता बोरिकले असमानता र भ्रष्टाचारको विरुद्धमा सरकारविरोधी जनप्रदर्शनको नेतृत्व गरेका थिए । त्यो प्रदर्शनले चिलीमा ठूलो हलचल मच्चिएको थियो भने अन्तर्राष्ट्रिय रूपमै चर्चा पाएको थियो । कुनै समय दक्षिण अमेरिकाको एक स्थिर अर्थतन्त्रका रुपमा चिनिएको चिलेमा धनी र गरिबबीचको भिन्नता निकै गम्भीर छ ।

संयुक्त राष्ट्रसंघका अनुसार चिलेका एक प्रतिशत नागरिकको स्वामित्वमा देशको २५ प्रतिशत सम्पत्ति छ । बोरिकले यो असमानता अन्त्यका लागि काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । त्यसका लागि उनले नीतिहरुरूमा क्रान्तिकारी परिवर्तन गर्ने घोषणा गरेका छन् । निवृत्तिभरण र स्वास्थ्य सेवा प्रणालीमा पनि व्यापक सुधार गर्ने उनले बताएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *